बालेन र रविको एकताले डराएका छैनौं र कसैसँग गठबन्धन पनि गर्दैनौःप्रचण्ड

नेपाल दर्पण, काठमाण्डौ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरू नडराएको बताएका छन । उनले आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुईपटक गृहमन्त्री बनाएको उल्लेख गर्दै उनीसँग कुरा गर्न कुनै आइतवार कुर्नु नपर्ने उनको टिप्पणी छ । राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् ।

यस्तै, मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै कुनै पनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताए । उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे । संयोजक प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नहुने स्पष्ट पारे । प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकता सभाका लागि भारत भएको भन्दै भारतमा भएको भेटघाट औपचारिक नभएको धारणा राखे । उनले पार्टी कामले भारत भ्रमणमा गएको दावी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरूसँग अनौपचारिक छलफल भएको पनि बताए ।

त्यस्तै नेकपाले राष्ट्रियसभामा तालमेलका बारेमा निर्णय गर्ने जिम्मा पार्टी संयोजक र सह–संयोजकलाई दिने निर्णय गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि भने आफ्नै पहिचानमा लड्ने तयारमा पार्टी रहेको उनले बताए । बैठकले पुस २९ गतेसम्म संगठनात्मक संरचना तयार गर्ने र पुस २९ नै केन्द्रीय समितिको सपथ ग्रहणसहितको पहिलो बैठक बस्ने निर्णय गरेको ज्वालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *