सागर ढकाल रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश

नेपाल दर्पण, काठमाण्डौ ।

सागर ढकाल रवि लामिछाने नेतृत्वको रास्वपामा जोडिएका छन् । सामाजिक अभियन्ता र स्वतन्त्र युवा राजनीतिज्ञको छवि बनाएका उनी आज रास्वपाको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । उनले रास्वपामा प्रवेश गर्नेबित्तिकै उनले अबको २५ वर्षमा नातिनातिनीहरुलाई एक सुन्दर र सम्पन्न नेपाल बनाउने उद्देश्यका साथि अगाडि बढ्ने प्रण गरेका छन् । उनले देशको कायापलट गर्नुपर्ने भन्दै त्यसकोलागि समय नभएको भन्दै सबैले मिलेर काम गर्नुपर्ने सुझाएका छन् ।

रास्वपामा जाडिएपछि उनले सामाजि सञ्जालमा लेखेका छन, आज जिन्दगीमा पहिलोपल्ट मनमा पशुपतिनाथलाई सम्झँदै पार्टीमा जोडिएको छु, रास्वपामा जोडिएको छु। कालो अँध्यारो कोठामा पनि भगवानको बास हुन्छ भन्ने विश्वास गर्छु । जानाजान गल्ती गर्ने छैन । सकेको प्रयास गर्नेछु । अबका २५ वर्षमा नातिनातिनाहरूलाई एक सुन्दर, सम्पन्न नेपाल बनाउने उद्देश्यका साथ अगाडि बढ्नेछु । अब ठुलो सोचका साथ आगामी पुस्ताहरु र मेरो देश भनेर सोच्नुपर्नेछ । देशको कायापलट गर्नुपर्नेछ । सजिलो छैन र समय छैन, आउनुहोस् मिलेर गरौँ ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.