नेपाल दर्पण, काठमाण्डौ ।
धेरै विवाद भएपछि रास्वपाबाट समानुपातिक बन्दसूचीमा समावेश ५ जनाले लिए आफ्नो नाम फिर्ता लिएका छन । पार्टीको समानुपातिक बन्दसूचीमा समावेश ५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका हुन् । कुलमान कोटाबाट डा महेन्द्र लावती र त्रिशाला गुरुङ तथा बालेन कोटाबाट सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले उम्मेदवारी फिर्ता लिएका छन ।
समानुपातिक सूचीलाई लिएर रास्वपाभित्र विवाद चर्किँदै गएको बेला सभापति लामिछानेले निर्वाचन आयोगले दिएको समयसीमाभित्र सूची सच्याइने बताएका थिए । रास्वपाको समानुुपातिक उम्मेदवारलाई लिएर प्रश्न उठेपछि रविले जनताले नचाहेका र समानुुपातिकको भावना विपरित कसैको नाम परेको भए आफू १० जनाभन्दा धेरैको नाम काट्न समेत तयार रहेको बताएका थिए । रविको यो अभिव्यक्ती आएको केही घण्टा नबित्दै धमाधम जसलाई लिएर प्रश्न उठेको थियो उनीहरुले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्न थालेका हुन् ।
काठमाडौंका मेयर बालेन साह रास्वपामा आउने सहमतीपछि सभापती रवि लामिछानेले फेसबुुकमा लेखेका थिए, सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ । पछिल्लो समय रविले यो भनाईलाई चरितार्थ गर्दैै लगेका छन् ।
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.