अमेरिकाले भेनेजुएलामाथि गर्यो ठूलो सैन्य हमला, राष्ट्रपतिलाई लियो नियन्त्रणमा

नेपाल दर्पण, मुम्बई ।

अमेरिकाले भेनेजुएलामाथि ठूलो सैन्य हमला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै भेनेजुएलामाथि ठूलो सैन्य हमला गरिएको शोसल मिडियामार्फत बताएका छन । भेनेजुएलामाथि गरिएको सैन्य हमलाको बारेमा जानकारी दिन ट्रम्पले आज फ्लोरिडास्थित मार–ए–लागोमा प्रेस मिटको आयोजना गरेका छन् ।

ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई देश बाहिर लगिएकोसमेत दाबी गरेका छन् । मादुरोलाई अमेरिकामा आपराधिक मुद्दामा मुद्दा चलाउन अमेरिकी अधिकारीहरूले नियन्त्रणमा लिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलामा सैन्य आक्रमण गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको बताएका छन् । अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा लेख्दै मादुरो र उनकी पत्नी, प्रथम महिला सिलिया फ्लोरेसलाई देशबाहिर लगिएको बताएका छन् । उनीहरू अहिले कहाँ छन् भन्ने कुरा स्पष्ट छैन ।

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले सशस्त्र बलहरूले देशको सार्वभौमिकताको रक्षा गर्ने बताएका छन् । भेनेजुएलाभित्र भएका यी आक्रमणहरू मादुरो सरकारविरुद्ध अमेरिकाले चलाएको दबाब अभियानपछि भएका हुन् । ट्रम्प प्रशासनले मादुरो सरकारले अमेरिकातर्फ लागूऔषध र गिरोहका सदस्यहरू पठाएको आरोप लगाउँदै आएको छ । यो घटनापछि संसारभर अमेरिकाले गरेको अर्को मुलुकमाथिको प्रत्यक्ष हस्तक्षेप भन्दै विरोध पनि भइरहेको छ । अमेरिकाले अर्को मुलुकको सार्वभौमसत्तामाथिको आक्रमण पनि भनेका छन् ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

11 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.