समाहित भएको एक साता नबित्दै कुलमान रास्वपासँग असन्तुष्ट

नेपाल दर्पण, काठमाडौं ।

आफ्नो सम्मानलाई दाउमा राखेर कसैसँगपनि आत्मसमर्पण नगर्ने बताउँदै आएका उज्यालो नेपाल पार्टी खोलेर २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा होमिएका बहालवाला उर्जामन्त्री कुलमान घिसिङ एक साता नबित्दै असन्तुष्ट बनेका छन् । हामी नेपालीका संयोजक सुदन गुरुङको जोडबलमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समयमा कुलमान पनि रास्वपामा प्रवेश गरेका थिए ।

रास्वपाका सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा रास्वपाले अघि सारेको काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच एकता भएपछि कुलमानलाई पनि रास्वपामा समाहित गरिएको थियो । र, उनलाई रास्वपामा पहिलो वरियताको उपसभापति दिइएको छ । कुलमान रास्वपामा विलय भएपछि उनलाई पार्टी खोल्नको लागि साथ दिएका थुप्रै राम्रा नेताहरुले साथ छोड्ने तयारी गरेका छन् ।

कतिपय पहिचानवादी नेताले त एकता प्रक्रियालाई नै साथ नदिएको बताईन्छ । कुलमानले यो विषयमा रास्वपाका सभापति लामिछाने र बालेनसँग छलफल गरेका थिए । उनले रास्वपाले पहिचानको पक्षमा लिनुपर्ने अडानको विषयमा जिज्ञासा राखेको बताईन्छ । यसबारेमा लामिछाने र शाहले स्पष्ट जवाफ नदिएपछि उनले आज आफ्नो टिममा रहेका नेताहरुलाई निर्वाचन आयोगमा समानुपातिकतर्फको छुट्टै सूची बुझाउनेबारे मिल्ने वा नमिल्नेबारे बुझ्न पठाएका थिए ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.