राजा फर्किने संभावना छः कांग्रेस नेता शेखर कोइराला

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा राजा फर्किने संभावना रहेको बताएका छन । उनले राजा फर्कने विषयलाई भने खतराको रुपमा चित्रित गरेका छन । एउटा टिभी कार्यक्रममा बोल्दै उनले यो संविधान खारेज भएर अर्को संविधान बन्दाखेरी राजा फर्किन सक्ने खतरा औल्याएका हुन । उनले जेन–जी आन्दोलनको क्रममा पनि राजा फर्काउनेबारेमा बहस भएको आफूले थाहा पाएको बताए ।

‘नेपालमा अहिले राष्ट्रपति हुनुहुन्छ । त्यो मियो भएर बस्नुपर्यो । राजा फर्किन्छन्, फर्किदैनन् यो डिबेटको विषय होइन । आन्दोलनले फर्किन सक्छ, । यो संविधान खारेज भएर फेरि संविधान बनाउँदाखेरी आउन सक्छन् नि त । त्यो समस्या छैन भनेर म भन्दिनँ । त्यो एकदम छ । यो विषयलाई धेरै अगाडि नलग्नुस् । अस्ती जेन–जीको बेलामा पनि त ल्याउने भनेर आइरहेको थियो । तर, पहिला राष्ट्रलाई बचाउनुपर्यो,’– उनले भने ।

उनले अहिले देश अत्यन्त गाह्रो अवस्थामा रहेको बताए । तराईको बाटो प्रयोग गर्दै बंगलादेशबाट मुस्लिमहरु आइराखेको, क्रिश्चियनहरुको संख्या बृद्धि भइरहेको भन्दै अहिले नेपाल अप्ठ्यारो अवस्थामा रहेको बताए । अब सबैले सोचीविचार गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *