रवि र बालेनलाई काउण्टर दिन कांग्रेस एमाले चुनावी गठबन्धन गर्दै



नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) नजिकिदै गर्दा कांग्रेस एमाले पनि एक आपसमा मिलेर चुनावमा जाने तयारी थालेका छन । रवि र बालेनबिच’ दुई पक्षबीच हुने सम्झौता पत्रको मस्यौदा अन्तिम चरणमा छ । केही सैद्धान्तिक विषयमा अझै छलफल आवश्यक देखिएको छ ।
बिहीबार भएको दुई पक्षबीचको छलफलले प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने सहमति भएको थियो । सभापति लामिछानेले बालेनलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्ने र बालेनले लामिछानेलाई सभापतिको रूपमा स्वीकार्ने सहमति भएको स्रोतको भनाइ छ ।
वैकल्पिक शक्तिहरूबीच एकता र गठबन्धनको प्रयास भइराख्दा यता फेरि कांग्रस र एमाले पनि संवादमा रहेका छन । १० मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । उक्त भेटमा डा. आरजु राणा पनि थिइन् । पछिल्ला दुई औपचारिक भेटका अलावा पहिलो र दोस्रो तहका नेताहरूबीच पटक–पटक अनौपचारिक छलफल भएको छ । भेटघाटमा छलफल भइरहेको एउटा विषय हो– चुनावी गठबन्धन ।

