लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरुको सुझाव,जेनजी अगुवासँग बयान लिन सुरु

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसका नेताहरुले नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि सुझाव दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, लेखकलाई आयोगले बयानका लागि बोलाएको विषयमा कुरा उठेको थियो । ‘आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई वयान दिन जानुपर्ने विषयमा कुरा उठ्यो । सुझाव दिने साथीहरूले वयान दिन जानू राम्रो हो भन्नुभयो,’ बैठकमा भएको कुराकानीबारे जानकारी गराउँदै प्रवक्ता प्रकाशशरण महतले बताए ।

यता फेरि सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले जेनजी अगुवासँग बयान लिन सुरु गरेको छ । आयोगले आन्दोलनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिन पत्र बुझाउने जेनजी अगुवाहरूसँग बयान लिन सुरु गरेको हो । आज सुरुवाती चरणमा जेनजी अगुवा पुरुषोत्तम यादव र खेमराज साउदलाई आयोगले औपचारिक रूपमा सोधुपुछ गरेको छ । यी दुवै जनालाई भदौ २३ गतेको जेनजी आन्दोलनका लागि प्रशासनबाट अनुमति मागेका थिए ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

11 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.