जेनजी शहीद परिवारले रवि लामिछानेसँग पोखे गुनासो, भए भावुक

नेपाल दर्पण, काठमाडौं ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘जेनजी’ आन्दोलनका सहिदका परिवारसँग छलफल गरेका छन् । आज चितवनको कार्यक्रम सकेर काठमाडौँ आउनेवित्तिकै उनले बबरमहलस्थित शहिदका परिवारसँग भेटघाट तथा छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग उनले जेनजी आन्दोलनका क्रममा युवाको हत्या गरिएको भन्दै सहिद परिवारको न्यायका निम्ति लड्ने बताए । सुशासन कायम गर्ने दिशामा सरकारलाई रास्वपाको पूर्ण साथ रहने उनले उल्लेख गरे । उनले जेनजी र सहिद परिवारको मागलाई पूरा गर्न रास्वपा र आफ्नो ऐक्यबद्धता रहने बताए । जेनजी आन्दोलनका क्रममा छानीछानी हत्या गरिँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको सहिद परिवारले गुनासो गरेको लामिछानेले जानकारी दिए ।

सो क्रममा उनले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए । शहीद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानी हत्या हुँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेका थिए । सो क्रममा उनी भावुक भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *