नेपाल दर्पण, काठमाडौं ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘जेनजी’ आन्दोलनका सहिदका परिवारसँग छलफल गरेका छन् । आज चितवनको कार्यक्रम सकेर काठमाडौँ आउनेवित्तिकै उनले बबरमहलस्थित शहिदका परिवारसँग भेटघाट तथा छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग उनले जेनजी आन्दोलनका क्रममा युवाको हत्या गरिएको भन्दै सहिद परिवारको न्यायका निम्ति लड्ने बताए । सुशासन कायम गर्ने दिशामा सरकारलाई रास्वपाको पूर्ण साथ रहने उनले उल्लेख गरे । उनले जेनजी र सहिद परिवारको मागलाई पूरा गर्न रास्वपा र आफ्नो ऐक्यबद्धता रहने बताए । जेनजी आन्दोलनका क्रममा छानीछानी हत्या गरिँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको सहिद परिवारले गुनासो गरेको लामिछानेले जानकारी दिए ।
सो क्रममा उनले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए । शहीद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानी हत्या हुँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेका थिए । सो क्रममा उनी भावुक भएका थिए ।
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.