आफ्नै सरकार विरुद्ध आन्दोलन गर्दै जेन्जी मिराज ढुंगानाको समूह



नेपाल दर्पण, काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको जेन्जी एकसमुह सरकार विरुद्ध आन्दोलनमा उत्रिने भएको छ । जेनजी आन्दोलनका अगुवामध्ये एक मिराज ढुंगाना नेतृत्वको समूहले भोलिबाट सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यो समूहले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो । यो सरकारले युवाहरुको भावना बुझ्न नसकेको र जनपक्षीय काम गर्न नसकेको उनीहरुको आरोप छ । यो समूहले देशव्यापी रुपमा आन्दोलन हुने चेतावनी दिएको छ ।
काठमाडौंमा भने भोलि ९सोमबार० बाट माइतीघर मण्डलाबाट विरोध तथा प्रदर्शन सुरु हुने कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जानकारी द्यिए । साहकाअनुसार जिल्लामा जेनजीहरुले आन्दोलन गर्नेछन । उनीहरुले विभिन्न ७ बुँदे माग अघि सारेका छन् । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्नेपनि मुख्य माग समेटिएको छ ।
कार्की नेतृत्वको सरकारको आइतबार ९पुस ६० १०० दिन पूरा भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई सत्ताच्यूत गराएको थियो । आफैँले बनाएको सरकारले जेनजीका माग मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको १०० दिनको कामले नै असफल भएको निष्कर्ष निकालिएको छ । गरिखान देउ, जेनजी मुभमेन्ट नेपाल, जेनजी नेसनल फ्रन्ट, जेनजी स्पार्क, एन–टेक जेनजी, जेनजी पार्लियामेन्ट, जीबीबी समूह, जेवाईएन समूह, जेनजी युनाइटेड, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्कफोर्स जेनजी समूहले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका छन् ।

