नेपाल दर्पण, बुटवल ।
सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा रिहा गरेको हो । उच्च अदालत बुटवलका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आदेश जारी गर्दै उनलाई तीनवटा शर्त पनि तोकिएको छ । ती शर्त पालनापछि मात्रै उनी थुनामुक्त हुन पाउनेछन् । जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार, लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा हुनुपर्छ । पहिलो, उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय बन्द भएकाले शुक्रबार मात्रै जिल्ला अदालतमा उच्च अदालतको आदेश पुग्नेछ ।
उच्च अदालत, बुटबलले बिहीबार रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै नख्खु कारागारमा समर्थकको भिड लागेको छ । अहिले नख्खु कारागारबाहिर समर्थकहरू बाक्लो संख्यामा जम्मा भएका छन् ।
यता, छविलाल जोशीको हकमा छुट्टै आदेश भएको छ । उनी भने तत्काल छुट्न पाउने छैनन् । पूर्वडीआईजीसमेत रहेका जोशीले आफ्नो भागमा पर्ने बिगो रकम बराबरको बैंक ग्यारेन्टी वा धरौटीको सक्कल कागजात लिएर रुपन्देही जिल्ला अदालतमा निवेदन दिनुपर्ने छ । जिल्ला अदालतले उक्त सक्कल प्रमाण हेरेर पुनः विचार गर्नसक्ने गरी अदालतले आदेश गरेको छ ।
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.