ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं ।

जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतका राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए । उनले भने, ‘हामी सबैलाई बोलाउँछौं । अर्को हप्ता बोलाउँछौं । सबैलाई बोलाउँछौं । नआउनेहरूलाई के गर्ने भन्ने विषयमा पछि नै कुरा गरौँला ।’ आयोगले हालसम्म ओलीसँग कुनै सम्पर्क गरेको छैन भने लेखकसँग अनौपचारिक सम्पर्क गरेको थियो । ‘‘हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सम्पर्क गरेका छैनौँ,’’ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने, ‘‘हामीलाई विश्वास छ, आयोगले बोलाउनासाथ सजिलै आउनुहुन्छ ।’’तर, ओलीले यसअघि जाँचबुझ आयोगलाई ‘नक्कली आयोग’को संज्ञा दिँदै अध्यक्ष कार्की पूर्वाग्रही भएको हुँदा निष्पक्ष छानबिन हुन नसक्ने जिकिर लिँदै आएका छन् ।

आयोग गठनसँगै ओलीका हकमा पनि उपत्यका छाड्न नपाउने गरी ‘स्थानहद’ लागु भएको छ । आयोगले अर्काे आदेश नदिएसम्म ओलीले काठमाडौं छाड्न पाउँदैनन् । आयोगले बयान लिइसकेपछि जेनजी प्रदर्शनीमा संलग्नता स्थिति हेरेर स्थानहद फुुकुवा गर्ने सोच बनाएको छ । मन्त्रिपरिषद्ले गते असोज ५ गते भदौ २३–२४ गतेको प्रदर्शनीका बखत भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।आयोगले जेनजी विद्रोहका बेला प्रहरी दमनका अतिरिक्त शासकीय असफलताबारे बयान लिने योजना बनाएको छ ।

यद्यपि आयोगले लेखकलाई बयान निम्ति पत्र काटिसकेको छैन । आयोगले अनौपचारिक सम्पर्क गरेको मात्र हो । कार्कीले भने, ‘‘आयोगले बोलाएपछि सोधेका विषय या प्रश्नमा जवाफ दिन कुनै आपत्ति छैन भन्ने जानकारी उहाँबाट पाएका छौं ।’’ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नआए के हुने भन्ने विषयमा पछि अनौपचारिक छलफल गरेको बुझिएको छ । आयोग स्रोतका अनुसार लेखकलाई जसरी नै ओलीलाई सबैभन्दा पहिला अनौपचारिक तहबाट सम्पर्क प्रयास गरिनेछ, प्रयास हुँदैछ । अनौपचारिक प्रयासबाट ओली नआए उनका नाममा पत्र काटेर प्रहरीमार्फत् पठाइनेछ । सम्बन्धित जिल्लाका प्रहरीमार्फत् पत्र पठाइनेछ । ओलीले पत्र बुझ्न अस्वीकार गरे निवासबाहिर टाँसेर सूचना दिइने छ ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.