नेपाल दर्पण, काठमाडौं ।
जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतका राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ । बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।
प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए । उनले भने, ‘हामी सबैलाई बोलाउँछौं । अर्को हप्ता बोलाउँछौं । सबैलाई बोलाउँछौं । नआउनेहरूलाई के गर्ने भन्ने विषयमा पछि नै कुरा गरौँला ।’ आयोगले हालसम्म ओलीसँग कुनै सम्पर्क गरेको छैन भने लेखकसँग अनौपचारिक सम्पर्क गरेको थियो । ‘‘हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सम्पर्क गरेका छैनौँ,’’ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने, ‘‘हामीलाई विश्वास छ, आयोगले बोलाउनासाथ सजिलै आउनुहुन्छ ।’’तर, ओलीले यसअघि जाँचबुझ आयोगलाई ‘नक्कली आयोग’को संज्ञा दिँदै अध्यक्ष कार्की पूर्वाग्रही भएको हुँदा निष्पक्ष छानबिन हुन नसक्ने जिकिर लिँदै आएका छन् ।
आयोग गठनसँगै ओलीका हकमा पनि उपत्यका छाड्न नपाउने गरी ‘स्थानहद’ लागु भएको छ । आयोगले अर्काे आदेश नदिएसम्म ओलीले काठमाडौं छाड्न पाउँदैनन् । आयोगले बयान लिइसकेपछि जेनजी प्रदर्शनीमा संलग्नता स्थिति हेरेर स्थानहद फुुकुवा गर्ने सोच बनाएको छ । मन्त्रिपरिषद्ले गते असोज ५ गते भदौ २३–२४ गतेको प्रदर्शनीका बखत भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।आयोगले जेनजी विद्रोहका बेला प्रहरी दमनका अतिरिक्त शासकीय असफलताबारे बयान लिने योजना बनाएको छ ।
यद्यपि आयोगले लेखकलाई बयान निम्ति पत्र काटिसकेको छैन । आयोगले अनौपचारिक सम्पर्क गरेको मात्र हो । कार्कीले भने, ‘‘आयोगले बोलाएपछि सोधेका विषय या प्रश्नमा जवाफ दिन कुनै आपत्ति छैन भन्ने जानकारी उहाँबाट पाएका छौं ।’’ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नआए के हुने भन्ने विषयमा पछि अनौपचारिक छलफल गरेको बुझिएको छ । आयोग स्रोतका अनुसार लेखकलाई जसरी नै ओलीलाई सबैभन्दा पहिला अनौपचारिक तहबाट सम्पर्क प्रयास गरिनेछ, प्रयास हुँदैछ । अनौपचारिक प्रयासबाट ओली नआए उनका नाममा पत्र काटेर प्रहरीमार्फत् पठाइनेछ । सम्बन्धित जिल्लाका प्रहरीमार्फत् पत्र पठाइनेछ । ओलीले पत्र बुझ्न अस्वीकार गरे निवासबाहिर टाँसेर सूचना दिइने छ ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
नेपाल दर्पण, काठमाण्डौ । प्रधानमन्त्री शुशिला कार्कीले फेरि मन्त्री परिषद विस्तार गरेकी छिन । आफ्नो…
This website uses cookies.