एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं ।

नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा दुबैले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ । निर्वाचन आयोगका अनुसार २२ सय ६५ प्रतिनिधि छान्नका लागि हालसम्म १३ सय ८ फारम वितरण भइसकेको छ ।

ओलीको प्रस्तावकमा रामबहादुर थापा र समर्थकमा विष्णुप्रसाद पौडेल रहेका छन । महाधिवेशनमा आफूले आकांक्षा राखेको पदमा उम्मेदवारी दिन नपाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका नेताहरुले गुट परिवर्तन गर्ने संकेत देखाएका छन् । यसअघि ओलीको पक्षमा वकालत गर्दै आएका कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, रघुजी पन्त, राजेन्द्र गौतम, प्रदीप ज्ञवालीलगायतका नेताहरुले गुट परिवर्तन गर्ने संकेत देखाएका छन् ।

ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ र ज्ञवालीले समेत महासचिवमा दाबी गरेका थिए । तर दुवै जनालाई ओलीले उपाध्यक्षमा ‘एडजस्ट’ गर्न खोजेका हुन् । तर ज्ञवालीले भने उपाध्यक्षमा उम्मेदवारी नदिने बताउँदै महाधिवेशनस्थल भृकुटीमण्डपबाटै निस्किएका छन् ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.