एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं ।

नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा दुबैले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ । निर्वाचन आयोगका अनुसार २२ सय ६५ प्रतिनिधि छान्नका लागि हालसम्म १३ सय ८ फारम वितरण भइसकेको छ ।

ओलीको प्रस्तावकमा रामबहादुर थापा र समर्थकमा विष्णुप्रसाद पौडेल रहेका छन । महाधिवेशनमा आफूले आकांक्षा राखेको पदमा उम्मेदवारी दिन नपाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका नेताहरुले गुट परिवर्तन गर्ने संकेत देखाएका छन् । यसअघि ओलीको पक्षमा वकालत गर्दै आएका कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, रघुजी पन्त, राजेन्द्र गौतम, प्रदीप ज्ञवालीलगायतका नेताहरुले गुट परिवर्तन गर्ने संकेत देखाएका छन् ।

ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ र ज्ञवालीले समेत महासचिवमा दाबी गरेका थिए । तर दुवै जनालाई ओलीले उपाध्यक्षमा ‘एडजस्ट’ गर्न खोजेका हुन् । तर ज्ञवालीले भने उपाध्यक्षमा उम्मेदवारी नदिने बताउँदै महाधिवेशनस्थल भृकुटीमण्डपबाटै निस्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *