नेपाल दर्पण, खोटाङ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश आफ्नो पार्टीले बनाउने दाबी गरेका हछुन् । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले स्वर्गजस्तो देश भए पनि गरिब हुनु परेको साम्पाङले बताए । ‘नेता भएपछि दृष्टिकोण हुनुपर्छ, दृष्टिकोणबिनाको नेतालाई चुन्दा दुःख पाएको हो,’ साम्पाङले भने, ‘समस्या पहिचान गर्न नसक्ने नेता हुन सक्दैन, समस्या पहिचान गर्न सके पनि समाधान गर्न सक्दैन, त्यस्तोलाई नेता सम्झ्यौं, अब त्यस्तो गल्ति गर्नु हुँदैन ।’
साम्पाङले देश विदेशीले चलाएको समेत आरोप लगाए । विदेशीले नचाहँदा सरकार ढल्नु पर्ने, चाहँदा सरकार बन्नु पर्ने, विदेशीले बनाइदिएको व्यक्ति प्रधानमन्त्री हुनुपर्ने, गृहमन्त्री हुनु पर्ने बाध्यताको अन्त्य गर्न श्रम संस्कृति पार्टी जन्मिएको साम्पाङले बताए । ‘विदेशीले नचाहँदा सरकार ढल्नु पर्ने, चाहँदा सरकार बन्नु पर्ने, विदेशीले बनाइदिएको व्यक्ति प्रधानमन्त्री हुनुपर्ने, गृहमन्त्री हुनु पर्ने बाध्यता छ,’ साम्पाङले भने, ‘त्यसैले यसको अन्त्यका लागि गरिब, सोझा–साझा जनताले देश चलाउनका लागि श्रम संस्कृति पार्टी जन्मिएको हो ।’
विदेशीको ऋण लिएर विकास गर्छु भन्ने अनि ऋण लिएर आधाको काम गर्ने र आधाले आफ्नो घर बनाउने नेतालाई भुलेर पनि नेता मान्न नहुने साम्पाङको भनाइ छ । अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गर्नुपर्ने समेत साम्पाङले बताए । ‘विदेशी ऋण लिएर विकास गर्छु भन्ने, ऋण लिएर आधाले काम गर्ने, आधाले आफ्नो घर बनाउनेलाई नेता मान्नु हुँदैन, घरी युद्धको नाममा, घरी के को नाममा सत्तामा पुगेर भ्रष्टाचार गर्ने न्यूनतम मान्छेसमेत नभएकालाई नेता मान्नै हुँदैन,’ साम्पाङले भने, ‘अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गनु पर्छ ।’ शिक्षा, स्वास्थ्य, रोगजारीका लागि पुरानो गल्तीलाई दोहो¥याउन नहुने समेत साम्पाङले बताए । यसका साथै स्वाधीन देशका लागि श्रमदान गर्नुपर्ने साम्पाङले सुनाएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । यसपटकको निर्वाचनमा कोशीमा परम्परागत ठूला दल कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपाका लागि धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मुख्य चुनौतीका रूपमा उदाएको छ । जेन–जी आन्दोलनपछि वैकल्पिक राजनीतिको बहस चर्कंदै गएको कोशी प्रदेशमा साम्पाङको सक्रियताले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने पक्का भएको छ । श्रम संस्कृति पार्टीको कार्यक्रममा देखिएको भिड केवल नयाँ अनुहारप्रतिको आकर्षण मात्र नभई पुराना दलप्रतिको निराशाको अभिव्यक्ति भएको हर्कका समर्थकहरूको भनाइ छ ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
नेपाल दर्पण, काठमाण्डौ । प्रधानमन्त्री शुशिला कार्कीले फेरि मन्त्री परिषद विस्तार गरेकी छिन । आफ्नो…
This website uses cookies.