कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश आफ्नो पार्टीले बनाउने दाबी गरेका हछुन् । दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले स्वर्गजस्तो देश भए पनि गरिब हुनु परेको साम्पाङले बताए । ‘नेता भएपछि दृष्टिकोण हुनुपर्छ, दृष्टिकोणबिनाको नेतालाई चुन्दा दुःख पाएको हो,’ साम्पाङले भने, ‘समस्या पहिचान गर्न नसक्ने नेता हुन सक्दैन, समस्या पहिचान गर्न सके पनि समाधान गर्न सक्दैन, त्यस्तोलाई नेता सम्झ्यौं, अब त्यस्तो गल्ति गर्नु हुँदैन ।’

साम्पाङले देश विदेशीले चलाएको समेत आरोप लगाए । विदेशीले नचाहँदा सरकार ढल्नु पर्ने, चाहँदा सरकार बन्नु पर्ने, विदेशीले बनाइदिएको व्यक्ति प्रधानमन्त्री हुनुपर्ने, गृहमन्त्री हुनु पर्ने बाध्यताको अन्त्य गर्न श्रम संस्कृति पार्टी जन्मिएको साम्पाङले बताए । ‘विदेशीले नचाहँदा सरकार ढल्नु पर्ने, चाहँदा सरकार बन्नु पर्ने, विदेशीले बनाइदिएको व्यक्ति प्रधानमन्त्री हुनुपर्ने, गृहमन्त्री हुनु पर्ने बाध्यता छ,’ साम्पाङले भने, ‘त्यसैले यसको अन्त्यका लागि गरिब, सोझा–साझा जनताले देश चलाउनका लागि श्रम संस्कृति पार्टी जन्मिएको हो ।’

विदेशीको ऋण लिएर विकास गर्छु भन्ने अनि ऋण लिएर आधाको काम गर्ने र आधाले आफ्नो घर बनाउने नेतालाई भुलेर पनि नेता मान्न नहुने साम्पाङको भनाइ छ । अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गर्नुपर्ने समेत साम्पाङले बताए । ‘विदेशी ऋण लिएर विकास गर्छु भन्ने, ऋण लिएर आधाले काम गर्ने, आधाले आफ्नो घर बनाउनेलाई नेता मान्नु हुँदैन, घरी युद्धको नाममा, घरी के को नाममा सत्तामा पुगेर भ्रष्टाचार गर्ने न्यूनतम मान्छेसमेत नभएकालाई नेता मान्नै हुँदैन,’ साम्पाङले भने, ‘अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गनु पर्छ ।’ शिक्षा, स्वास्थ्य, रोगजारीका लागि पुरानो गल्तीलाई दोहो¥याउन नहुने समेत साम्पाङले बताए । यसका साथै स्वाधीन देशका लागि श्रमदान गर्नुपर्ने साम्पाङले सुनाएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । यसपटकको निर्वाचनमा कोशीमा परम्परागत ठूला दल कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपाका लागि धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मुख्य चुनौतीका रूपमा उदाएको छ । जेन–जी आन्दोलनपछि वैकल्पिक राजनीतिको बहस चर्कंदै गएको कोशी प्रदेशमा साम्पाङको सक्रियताले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने पक्का भएको छ । श्रम संस्कृति पार्टीको कार्यक्रममा देखिएको भिड केवल नयाँ अनुहारप्रतिको आकर्षण मात्र नभई पुराना दलप्रतिको निराशाको अभिव्यक्ति भएको हर्कका समर्थकहरूको भनाइ छ ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.