शंकास्पद रुपमा मन्त्रिपरिषद् विस्तार, थपिए ४ मन्त्री

नेपाल दर्पण, काठमाण्डौ ।

प्रधानमन्त्री शुशिला कार्कीले फेरि मन्त्री परिषद विस्तार गरेकी छिन । आफ्नो पूर्व बोलीबाट पछि हट्दै मन्त्रिपरिषद्को आकार बढाएर संख्या १४ पु¥याएकी छन । मन्त्रीपरिषद् विस्तारका लागि भइरहेको भित्री प्रयासको सुइँको समेत नदिई अकस्मात मन्त्री नियुक्त गरिएको छ । शुक्रबार थपिएका मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन् । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट आज अपरान्ह शपथ लिएका छन् । ९ कात्तिकमा तेस्रोपटक पनुर्गठन हुँदा १० सदस्यीय रहेको मन्त्रिपरिषद्लाई चौथोपटक विस्तार गरेर १४ सदस्यीय बनाइएको छ ।

प्रधानमन्त्रीले धेरै मन्त्रालय सम्हाल्दा चुनावी तयारी गर्न समेत असर हुने हुँदा मन्त्रालयको भार घटाइएको जानकारी गराइएको छ । चुनावी सरकार भएको हुँदा त्यसमै मूख्यगरी केन्द्रित हुनका लागि प्रधानमन्त्रीले आफूले सम्हालेका मन्त्रालय घटाएको बताइएको छ । यद्यपी, परराष्ट्र, रक्षा लगायतका मन्त्रालय प्रधानमन्त्री कार्कीकै जिम्मामा छ । प्रधानमन्त्रीका प्रेस संयोजक रावलले सुदूरपश्चिम र कर्णालीबाट मन्त्री थपिएको दाबी गरेपनि यो विषय आगामी चुनावको मिति र केही मन्त्री चुनावी प्रतिस्पर्धामा जाने विश्लेषणले मन्त्रिपरिषद् विस्तार गरिएको बुझाइ पनि छ ।

पदभार ग्रहणपछि बोल्दै नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागतदेखि चुनाव गर्नेसम्मका सरकारका म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने बताए । उनले मन्त्रालय र मातहतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न कमिटी बनाएर अघि बढ्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए । त्यस्तै मन्त्री चौलागाईंले मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाको घोषणा भइसकेको अवस्थामा छिटै कार्यालय बनाएर निकुञ्ज सञ्चालन गरिने बताए । यस्तै नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रूपमा समाधानको प्रयास गर्ने बताए । बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दुख पाएको उनले बताए । उनले बाँझो रहेका जमिनलाई उपयोग गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखे । मन्त्री इङ्नामले भूमि आयोगका नाममा आफूखुसी जग्गा वितरण गर्ने काम अव नदोहरिने भन्दै पीडित जनतालाई न्याय हुने गरी अघि बढ्ने स्पष्ट पारे। उनले आफ्नो छोटो कार्यकालमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी क्षेत्रलाई सही दिशा दिने प्रयास हुने बताए ।

सरकारले घोषणा गरेको मिति अनुसार चुनाव आउन अब तीन महिना पनि बाँकी छैन । कांग्रेस महामन्त्री शर्माको बोली र सरकारले घोषित मितिमा चुनाव गराउन ८२ दिन बाँकी रहँदा अकस्मात् मन्त्रिपरिषद् विस्तार गर्दा चुनावको मिति सार्ने आशंका थपिएको छ । तर, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव तोकिएको मितिमै हुने बताए । उनले मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्रीलाई चुनावमा झन् बढी फोकस हुनका लागि सहज होस् भनेर गरिएको बताए । ‘सम्माननीय प्रधानमन्त्रीज्यू अलि बढी चुनाव केन्द्रित हुनका लागि उहाँको मन्त्रालयको कामको भार घटाउनका लागि मन्त्रिपरिषद् विस्तार भएको हो ।’

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.