एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ ।

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुन लागेको हो । ११ औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन् । महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ । सल्लाघारीस्थित एक सय ८ रोपनी क्षेत्रफलको चौरमा तीनलाखको उपस्थिति रहने एमालेले जनाएको छ । महाधिवेशनमा करिब २ सय बढी भेषभुषाका झाँकी पनि प्रदर्शन हुने छ । यसपटक एमालेले विदेशी अतिथिलाई निमन्त्रणा गरेको छैन ।

एमालेको पदाधिकारी बन्न ५० भन्दा बढी नेताले आकांक्षा राखेका छन् । हाल लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल र टोपबहादुर रायमाझी सचिव छन् । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेकाले पद निलम्बनको अवस्थामा छ । केही बिदा हुने र केही माथिल्लो पदमा जाने भए पनि अधिकांश पुरानैलाई व्यवस्थापन गर्न गाह्रो छ । थप आंकाक्षी बग्रेल्ती छन् ।

नेपाली जनता प्रतिगमनको पक्षमा नरहेको र मिचिएको संविधानलाई ट्रयाकमा ल्याउन सडकमा आउन तयार भन्ने सन्देश सहित सभा आयोजना गरेको एमालेको दाबी छ । महाधिवेशन हदैसम्मको व्यवस्थित र मर्यादित हुने एमालेले दाबी गरेको छ ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

1 day ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

2 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

4 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

शंकास्पद रुपमा मन्त्रिपरिषद् विस्तार, थपिए ४ मन्त्री

नेपाल दर्पण, काठमाण्डौ । प्रधानमन्त्री शुशिला कार्कीले फेरि मन्त्री परिषद विस्तार गरेकी छिन । आफ्नो…

1 week ago

This website uses cookies.