जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन

नेपाल दर्पण, काठमाण्डौ ।

गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरूको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका हुन । दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता समेत सहभागी रहेका थिए ।

दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी घाइते तथा सहिदका माग पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए । सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उनको तर्क छ । गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे । उनले जेनजी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचार विरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला ठूला अनियमितता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे । पर्दा पछाडि बसेर राज्य र नेताहरूलाई समेत नचाउने तत्वहरू पहिचान भइसकेको उनले बताए ।

सहिदको सपनाअनुसार सरकार सुशासनको अभियान्ता बनेर अगाडि बढिरहेको अर्यालको भनाइ छ । मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै अर्यालले केही कमजोरी देखिए औँल्याउन आग्रह गरे । उनले जेनजी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानवअधिकार आयोगले समेत अनुसन्धान गरिरहेको बताए । ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

1 day ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

2 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

4 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.