जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन

नेपाल दर्पण, काठमाण्डौ ।

गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहिदहरूको सम्झनामा सहिद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका हुन । दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता समेत सहभागी रहेका थिए ।

दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी घाइते तथा सहिदका माग पूरा गर्दै कारबाहीका विषयमा दृढतापूर्वक अघि बढ्ने बताए । सत्तामा बसेकाहरू कुशासनको अभियन्ता बनेकै कारण जेनजी विद्रोह भएको उनको तर्क छ । गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारबाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारबाही हुने स्पष्ट पारे । उनले जेनजी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचार विरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला ठूला अनियमितता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे । पर्दा पछाडि बसेर राज्य र नेताहरूलाई समेत नचाउने तत्वहरू पहिचान भइसकेको उनले बताए ।

सहिदको सपनाअनुसार सरकार सुशासनको अभियान्ता बनेर अगाडि बढिरहेको अर्यालको भनाइ छ । मुलुकमा सुशासन कायम गर्न सरकार लागिपरेको उल्लेख गर्दै अर्यालले केही कमजोरी देखिए औँल्याउन आग्रह गरे । उनले जेनजी विद्रोह र सरकारी दमनको विषयमा जाँचबुझ आयोगका साथै प्रहरी र मानवअधिकार आयोगले समेत अनुसन्धान गरिरहेको बताए । ढिलो चाँडो कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.