ओली आयोगमा बयान दिन जानुपर्छः ईश्वर, पोखरेल पक्षसँग झस्किएका ओली चुनाव लड्न ब्याक हुने संकेत

नेपाल दर्पण, काठमाण्डौ ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बयानमा जानुपर्ने बताएका छन् । बुधबार ११औं महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्याशीसम्त रहेका पोखरेलले सरकारले बनाएको आयोगमा बयान दिने कार्य स्वभाविक भएको बताएका हुन् ।

‘सरकारले बनाएको आयोगमा बयान दिन जानु स्वभाविक हो। म भए अगाडि नै गएर बयान दिन्थें । निष्पक्षतामा प्रश्न छ । अध्यक्ष जानुपर्छ । जानु हुनेछ । बयान दिन जानुलाई अन्यथा मान्नु हुँदैन,’ पोखरेलले भने । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाएको छ ।

५ असोजमा गठित आयोगको म्याद ३ महिना अर्थात् ५ पुसभित्र सकिँदैछ । करिब २ सातामात्रै म्याद बाँकी रहँदा आयोगले बयानसमेत सकेको छैन । फिल्डमा खटिएका र आदेश कार्यान्वयन गर्ने तहमा रहेका सुरक्षाकर्मी तथा प्रशासकको बयान सकेर आयोग राजनीतिक तहमा प्रवेश गर्न थालेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार करिब डेढ सय जनासँग बयान सकिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान लिन बाँकी छ । २४ भदौको बिहान कार्की प्रहरीको उपत्यका प्रमुखमा सरुवा भएका थिए ।

यता, महिना दिन अघिनै फेरि आफू नै एमालेको अध्यक्ष बन्ने घोषणा गरेका केपी शर्मा ओली महाधिवेशनको मुखमै एकाएक ईश्वर पोखरेलसँग चुनाव लड्न ब्याक हुने संकेत गरेका छन् । आफ्नो विकल्प कोही भएकाले गर्दा फेरि आफू नै अध्यक्ष बन्ने अनौपचारिक घोषणा गरेका ओलीले एक अन्तर्वार्तामा अहिले आफूले एमालेको अध्यक्षका लागि उम्मेदवारी दिनेबारे नसोचिसकेको बताएका छन् । आफू नै अध्यक्ष हुन्छु कि हुन्न भन्ने अन्तिम टुङ्गो नलागिसकेको पनि बताएका छन् । उम्मेदवारी दिने बेलामा आफूले अरु कसैलाई अगाडि सार्न सक्ने समेत बताएका छन् । अथवा पार्टीका नेताहरुले आफूलाई नै अध्यक्ष हुनुपर्छ भन्ने हुन कि भन्ने निर्णय भइनसकेकोले गर्दा निर्णायक छलफल गर्नुपर्ने ओलीले कान्तिपुरसँगको अन्तवार्तामा बताएका छन् ।

महाधिवेशन प्रतिनिधि छनोटमा समेत विभिन्न ठाउँमा नेताहरुले विद्रोह गर्दै ईश्वर पोखरेल पक्षमा गएपछि ओली नराम्रोसँग झस्किएका छन् । महाधिवेशनमा नेतृत्व परिवर्तनको एजेण्डासहित आफूलाई एमालेको अध्यक्षको उम्मेदवार घोषणा गरिसकेका ईश्वर पोखरेलले टक्कर प्रतिष्पर्धा दिने संकेत पाएपछि ओलीले आफू हार्ने महाधिवेशनमा अध्यक्षको उम्मेदवार नबन्ने योजना बनाएका छन् । जेनजी आन्दोलनपछि आफ्नो लोकप्रियता पार्टीभित्र समेत घटेको बुझेका ओलीले महाधिवेशनमा प्रतिनिधिले आफूलाई हराएर दण्डित गर्न सक्ने विश्लेषण गरेपछि अहिले नै उम्मेदवार घोषणा नगरेको एमाले कै नेताहरुले बताउँन थालेका छन् ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.