मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

नेपाल दर्पण, काठमाण्डौं ।

मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सरकार बनाउनको लागि नेता यादवले ७७ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

हाल मधेश प्रदेशमा १०४ जना प्रदेशसभा सदस्य कायम छन् । जसमध्ये ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवले दाबी पेस गरेका थिए । यादव मधेस प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यादव नेतृत्वको सरकारलाई यादवलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् ।

गएको बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आहृवान गरेका थिए । सात दलीय गठबन्धनले लामो रसाकस्सीपछि आजै कांग्रेसका यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *