नेपाल दर्पण, काठमाण्डौं ।
जेनजी अभियन्ता भनेर चिनिएका सुदन गुरुङले नख्खु जेल पुगेर राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन । लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफुले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले बताएका छन् ।
‘हामी सकारात्मक छौँ । तपाईंहरू मिलाउन लाग्नुस् । हामी मिल्नुपर्छ भनेर उहाँले भन्नुभयो,’ गुरुङले भने, ‘यदि सबै सकारात्मक भए रास्वपा मिल्नका लागि तयार रहेको र त्यसका लागि छलफल गर्न तयार रहेको बताउनुभयो ।’यसबाहेक आफूलाई अन्याय भएको विषय पनि लामिछानेले सुनाए । उनले सहकारी ठगी प्रकरणमा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने अपेक्षा गुरुङसँग राखेका थिए ।
‘बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरुपणका लागि पहल गरिदिनुस्,’ रविलाई उद्धृत गर्दै गुरुङले भने । रविको यो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताए । ‘न्यायलयले भन्ने कुरा हो, सही या गलत भनेर । अब त्यो छिटो गर्नुपर्यो भनेर हामीले पहल गर्छौँ भन्यौँ,’ गुरुङले भने । त्यसबाहेक रविले जेनजी आन्दोलनमा आफ्नो पूर्ण साथ रहेकाले देश बनाउने अभियानमा एक भएर लाग्न पनि अनुरोध गरेको गुरुङले बताए ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.