विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता

नेपाल दर्पण, काठमाण्डौं ।

विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएको छ । दुई दलबीच पाँच बुँदे सहमति भएको छ । सहमतिपत्रमा विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा बास्कोटा र रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले हस्ताक्षर गरेका छन् । सहमतिको पहिलो बुँदामा रास्वपाको सिद्धान्त र नेतृत्व निशर्त स्विकार गर्ने कुरा उल्लेख गरिएको छ ।

पार्टीको नाम र चुनाव चिन्हपनि रास्वपाको नै प्रयोग गर्ने सहमति भएको छ । दुवै दलका चल अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने कुरा पनि सहमतिको चौथो बुँदामा समावेश गरिएको छ । उनीहरूबीच विभिन्न पाँच वटा बुँदामा सहमति भएको छ। हस्ताक्षरपछि नेताहरूले मञ्चको साइडमा राखेको घण्टी बजाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *