नेपाल दर्पण, काठमाण्डौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा, राजनीतिक दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन ०८४ को चुनाव ०८२ मा सार्न मात्रै नभएको भन्दै राप्रपाले प्रधामन्त्री कार्कीले दिर्घकालीन राजनीतिक निकास दिनुपर्ने माग गरेको हो ।
राप्रपाका नेताहरु अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा ज्ञापनपत्र बुझाउनको लागि बालुवाटार पुगेका थिए । सो भेटमा आफूहरुले मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेन–जी लगायतका पक्षहरुबीच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए । उनकाअनुसार राप्रपाले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । जहाँ नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरिएको उनको भनाई छ ।
विभिन्न माग राखेर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट्न चाहेका जेनजी युवाहरूमाथि दमन र उपेक्षा उपयुक्त नभएको भन्दै राप्रपालले वार्ता र संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास गर्न आग्रह गरेको छ । ज्ञापन पत्र बुझाउन जाने टोलीमा राप्रपाका वरिष्ठ उपाध्यक्षत्रय विक्रम पाण्डे, रोशन कार्की, र रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ र महामन्त्री शरद्राज पाठकलगायत सहभागी थिए ।
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.