आफु शक्तिशाली बन्न अरुको पार्टी फुटाउदै आफ्नोमा गाभ्दै प्रचण्ड

नेपाल दर्पण, काठमाण्डौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अरू पार्टी फुटाउदै आफ्नो दलमा मिलाएर भए पनि आफू पुनः शक्तिशाली बन्ने तर्खरमा रहेका छन । उनी अहिले अन्य विभिन्न दललाई पनि विभाजन गरेर नेकपामा भित्र्याउन व्यस्त छन् । जेनजी विद्रोहपछि देशमा बदलिएको परिस्थितिबीच गत कात्तिक १९ गते प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको चाहनामा विभिन्न १० दल तथा घटक ध्रुवीकृत भएका थिए । त्यसयता एकपछि अर्को दललाई विभाजन गरेर नेकपामा भित्र्याइँदा यो ध्रुव्रीकरण १६ दलीय भइसकेको छ । जहाँ अधिकांश अन्य पार्टी विभाजित भएर आएका समूह छन् ।

एक कार्यक्रमका लागि धनगढी पुगेका ‘प्रचण्ड’ले देश गम्भीर राजनीतिक मोडमा पुगेको बताएका छन् । धनगढीमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बेलामा वामपन्थी तथा देशभक्त शक्तिहरूबीच बृहद् एकता अपरिहार्य रहेको बताए । उनले आगामी चुनाव देशको निकासको मुख्य मार्ग भएको भन्दै सबैलाई निर्वाचन प्रक्रियामा गम्भीरतापूर्वक जुट्न आग्रह गरे । प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफ्नो विशेष भावनात्मक र राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे । गणतन्त्र स्थापनापश्चात सबैभन्दा धेरै संवाद, भ्रमण र विकास पहल सुदूरपश्चिममै गरिएको उनको भनाई थियो। ‘सुदूरपश्चिममा जनयुद्ध र जनआन्दोलनमा अपार बलिदान भएको छ। त्यही बलिदानको कदर गर्दै हामीले पछिल्ला वर्षहरूमा यो क्षेत्रलाई निरन्तर प्राथमिकतामा राख्यौँ,’– प्रचण्डले भने ।

प्रचण्डले हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी १५ वटा कम्युनिस्ट घटकहरूको ऐतिहासिक एकताको परिणाम भएको उल्लेख गर्दै यसले देशभर नयाँ ऊर्जा पैदा गरेको दाबी गरे । एमालेभित्रका देशभक्त तथा क्रान्तिकारी कार्यकर्तालाई पनि यस पार्टीमा एकताबद्ध हुन प्रचण्डले आग्रह गरे । ‘अब कोही माओवादी, कोही समाजवादी, कोही केन्द्रीय—भन्नुपर्ने आवश्यकता छैन। सबै नेपाली कम्युनिष्ट। यही भावना अनुसार पार्टीको नाम राखिएको हो,’– प्रचण्डले भने । उनले जेनजी युवाहरू बिस्तारै सही अभिभावक पहिचान गर्दै नेपाली कम्युनिष्ट पार्टीमै केन्द्रित हुन थालेको पनि दाबी गरे । प्रचण्डले देश केही महिना अघिको राजनीतिक संकट अत्यन्त गम्भीर मोडमा पुगेको बताउँदै भदौ २६ गते राति ‘गणतन्त्र खारेज हुनसक्ने’ सम्मको चर्चा चलेको स्मरण गराए । सो रात राष्ट्रपति कार्यालयबाट आकस्मिक बोलाहट आएपछि आफू र माधवकुमार नेपालले शीतल निवास पुगेर संविधान र प्रणालीलाई जोगाउन सक्रिय भूमिका खेलेको बताए ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

1 day ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

2 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

4 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.