आउदो चुनावमा कांग्रेससँग सहकार्य गरेर जानुपर्छः प्रचण्ड

नेपाल दर्पण, काठमाण्डौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउदो चुनावमा कांग्रेससँग मिलेर कसरी जान सकिन्छ भनेर नयाँ जुक्ति सोच्न लागेको बताएका छन । आज (बिहीबार) आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश कम्युनिष्टहरुले मात्रै बचाउन सक्छन् भन्ने अवस्था नरहेको हुनाले नेपाली कांग्रेससँग पनि हामीले सहकार्य गर्नुपर्ने बताएका छन ।

स्मरण रहोस, गत २०७९ को प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस र प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रबीच एकता भएको थियो । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिसभा निर्वाचनमा पनि कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल र गठबन्धन हुन सक्ने धेरैको आँकलन रहेको छ । यद्यपि कांग्रेसका बहुसंख्यक नेताहरुले एक्लाएक्लै निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् ।

नेपालमा जेनजीका मुद्दा, भावनालाई साँचो अर्थमा बुझ्ने सम्बोधन गर्ने असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी नै रहेको उनको भनाइ छ । पहिलाकोभन्दा गुणात्मक ढंगले नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको उपस्थिति र उत्साह देखिएको उनले दाबी गरे । विभिन्न घटकबीच भएको एकता कुनै लहड र आवेगमा नभई धेरै सोचविचार गरेर भएको उनको भनाइ छ । उनले भने, “एकता कुनै चुनाव जित्न हैन राष्ट्रको स्वाधिनताको रक्षा, जनताको सार्वभौमसत्ताको रक्षा गर्नका लागि दलीय तागत सम्पन्न अभियान हो ।” एकता अभियान देश र जनताको भावनालाई सम्बोधन गर्ने खालको हुने उनले विश्वास व्यक्त गरे । नेपाली कम्युनिष्ट पार्टी बनेपछि अहिलेसम्म कुनै विमति नदेखिएको उनले बताए ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.