आउदो चुनावमा कांग्रेससँग सहकार्य गरेर जानुपर्छः प्रचण्ड

नेपाल दर्पण, काठमाण्डौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउदो चुनावमा कांग्रेससँग मिलेर कसरी जान सकिन्छ भनेर नयाँ जुक्ति सोच्न लागेको बताएका छन । आज (बिहीबार) आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश कम्युनिष्टहरुले मात्रै बचाउन सक्छन् भन्ने अवस्था नरहेको हुनाले नेपाली कांग्रेससँग पनि हामीले सहकार्य गर्नुपर्ने बताएका छन ।

स्मरण रहोस, गत २०७९ को प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस र प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रबीच एकता भएको थियो । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिसभा निर्वाचनमा पनि कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल र गठबन्धन हुन सक्ने धेरैको आँकलन रहेको छ । यद्यपि कांग्रेसका बहुसंख्यक नेताहरुले एक्लाएक्लै निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् ।

नेपालमा जेनजीका मुद्दा, भावनालाई साँचो अर्थमा बुझ्ने सम्बोधन गर्ने असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी नै रहेको उनको भनाइ छ । पहिलाकोभन्दा गुणात्मक ढंगले नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको उपस्थिति र उत्साह देखिएको उनले दाबी गरे । विभिन्न घटकबीच भएको एकता कुनै लहड र आवेगमा नभई धेरै सोचविचार गरेर भएको उनको भनाइ छ । उनले भने, “एकता कुनै चुनाव जित्न हैन राष्ट्रको स्वाधिनताको रक्षा, जनताको सार्वभौमसत्ताको रक्षा गर्नका लागि दलीय तागत सम्पन्न अभियान हो ।” एकता अभियान देश र जनताको भावनालाई सम्बोधन गर्ने खालको हुने उनले विश्वास व्यक्त गरे । नेपाली कम्युनिष्ट पार्टी बनेपछि अहिलेसम्म कुनै विमति नदेखिएको उनले बताए ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

1 day ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

2 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

4 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.