रवि लामिछानेलाई फसाइएको हो, मुद्दा फिर्ता लिनुपर्छःकांग्रेस नेता सुनिल शर्मा

नेपाल दर्पण, काठमाण्डौं ।

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका शर्माले सञ्चारकर्मीहरुसँग संवाद गर्दै सहकारी पीडितहरुको पैसा फिर्ताको सुनिश्चितता गर्दैै सरकारले लामिछानेको मुद्दालाई फिर्ता लिनुपर्ने बताएका हुन् ।

सहकारी ठगीका सन्दर्भमा छानविन गर्न बनेको संसदीय समितले राजनीतिक फण्डाको आधारमा लामिछानेलाई फसाएको उनको आरोप छ । उनले अहिलेसम्म आफ्नो सूचनामा भएसम्म विभिन्न काण्डमा १५ वटा समिति बनेर प्रतिवेदन प्राप्त भएकोमा सहकारी ठगीको विषयलाई मात्रै मन्त्रिपरिषद्मा लगेर कार्यान्वयन गरेको बताए । ‘यो पोलिटिकल फण्डा हो भन्ने कुरा पहिला तपाईँहरु क्लियर हुनुपर्यो । नेपालमा १५ वटा संसदीय छानविन समितिहरु बनिसकेका छन् । तर, एउटामात्रै समितिको रिपोर्ट क्याविनेटमा लगियो,’– उनले भने ।

‘रवि लामिछानेलाई थुनेपछि कसैको एक रुपैयाँ पैसा फिर्ता भएको थाहा छ ? भनेपछि सोलुसन यो रहेछ त ? सोलुसन त यो होइन रहेछ । अहिलेको सरकारलाई म के आग्रह गर्न चाहन्छु भने सहकारी पीडितहरुको पैसा फिर्ताको सुनिश्चितता गर्दैै सरकारले रवि लामिछानेको मुद्दालाई फिर्ता लिनुपर्छ,’– उनले भने । उनले लामिछानेलाई थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्ने मौका दिइनुपर्ने बताए । राज्यलाई रवि लामिछाने भाग्छन् भन्ने लागेको खण्डमा ग्यारेन्टीका लागि आफू ल्याप्चे लगाइदिन तयार रहेको बताए ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

1 day ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

2 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

4 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.