रवि लामिछानेलाई फसाइएको हो, मुद्दा फिर्ता लिनुपर्छःकांग्रेस नेता सुनिल शर्मा

नेपाल दर्पण, काठमाण्डौं ।

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका शर्माले सञ्चारकर्मीहरुसँग संवाद गर्दै सहकारी पीडितहरुको पैसा फिर्ताको सुनिश्चितता गर्दैै सरकारले लामिछानेको मुद्दालाई फिर्ता लिनुपर्ने बताएका हुन् ।

सहकारी ठगीका सन्दर्भमा छानविन गर्न बनेको संसदीय समितले राजनीतिक फण्डाको आधारमा लामिछानेलाई फसाएको उनको आरोप छ । उनले अहिलेसम्म आफ्नो सूचनामा भएसम्म विभिन्न काण्डमा १५ वटा समिति बनेर प्रतिवेदन प्राप्त भएकोमा सहकारी ठगीको विषयलाई मात्रै मन्त्रिपरिषद्मा लगेर कार्यान्वयन गरेको बताए । ‘यो पोलिटिकल फण्डा हो भन्ने कुरा पहिला तपाईँहरु क्लियर हुनुपर्यो । नेपालमा १५ वटा संसदीय छानविन समितिहरु बनिसकेका छन् । तर, एउटामात्रै समितिको रिपोर्ट क्याविनेटमा लगियो,’– उनले भने ।

‘रवि लामिछानेलाई थुनेपछि कसैको एक रुपैयाँ पैसा फिर्ता भएको थाहा छ ? भनेपछि सोलुसन यो रहेछ त ? सोलुसन त यो होइन रहेछ । अहिलेको सरकारलाई म के आग्रह गर्न चाहन्छु भने सहकारी पीडितहरुको पैसा फिर्ताको सुनिश्चितता गर्दैै सरकारले रवि लामिछानेको मुद्दालाई फिर्ता लिनुपर्छ,’– उनले भने । उनले लामिछानेलाई थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्ने मौका दिइनुपर्ने बताए । राज्यलाई रवि लामिछाने भाग्छन् भन्ने लागेको खण्डमा ग्यारेन्टीका लागि आफू ल्याप्चे लगाइदिन तयार रहेको बताए ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

12 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.