चुनावको विपक्षमा रहेको ‘मिराज टिम’ र प्रहरीबिच घम्साघम्सी

नेपाल दर्पण, काठमाण्डौं ।

मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेको छ । बुधबार ढुंगानासहितको समूहले बालुवाटारमा प्रदर्शन गरेको हो । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा केहीबेर घम्साघम्सी समेत भएको छ । यसअघि ढुङ्गानाको समूहले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाँदा भित्र पस्न नपाएपछि गेटमै मागपत्र टाँसेर फर्किएको थियो । गत भदौ २३ गतेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन भन्दै सिंहदरबार गेटमा पुगेको ‘गरिखान देउ’ अभियानका संयोजक ’जेनजी’ अगुवा मिराज ढुंगाना समूहमाथि प्रहरीले धरपकड ग¥यो । प्रधानमन्त्रीलाई भेटेर आफूहरूका मागहरू राख्ने भन्दै सिंहदरबार छिर्न खोजेपछि प्रहरीले उनीहरूलाई अनामनगरको पुलसम्मै पु¥याएको थियो । त्यसको विरोधमा मिराज समूह निधारमा कालो पट्टी बाँधेर प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमै उत्रिएको थियो । त्यसअघि सोमबार पनि सिंहदरबार पुगेको उक्त समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि गेटमै मागपत्र टाँसेर फर्किएको थियो ।

चुनावको विपक्षमा रहेको ‘मिराज टिम’ले अहिलेसम्म आफ्नो अडान छोडेको छैन । मिराज समूहले आफूहरूका मागहरू पूरा नभएसम्म चुनावमा जान नसकिने बताउँदै आएको छ । “यो सरकारको ‘म्यान्डेट’ चुनाव मात्रै होइन । हामी त्यो कुरा सरकारलाई बुझाउन चाहन्थ्यौँ । तर, हाम्रा माग र आवाजलाई सरकारले दबाउन खोज्यो । धरपकड गरेर अनामनगर भाटभटेनी पु¥यायो,“ उनले भने । प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीको एजेन्ड बोकेको मिराज समूहका मुख्य ९ वटा मागहरू छन् ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.