नेपाल दर्पण, काठमाण्डौं ।
मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेको छ । बुधबार ढुंगानासहितको समूहले बालुवाटारमा प्रदर्शन गरेको हो । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा केहीबेर घम्साघम्सी समेत भएको छ । यसअघि ढुङ्गानाको समूहले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाँदा भित्र पस्न नपाएपछि गेटमै मागपत्र टाँसेर फर्किएको थियो । गत भदौ २३ गतेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन भन्दै सिंहदरबार गेटमा पुगेको ‘गरिखान देउ’ अभियानका संयोजक ’जेनजी’ अगुवा मिराज ढुंगाना समूहमाथि प्रहरीले धरपकड ग¥यो । प्रधानमन्त्रीलाई भेटेर आफूहरूका मागहरू राख्ने भन्दै सिंहदरबार छिर्न खोजेपछि प्रहरीले उनीहरूलाई अनामनगरको पुलसम्मै पु¥याएको थियो । त्यसको विरोधमा मिराज समूह निधारमा कालो पट्टी बाँधेर प्रधानमन्त्रीविरुद्ध प्रदर्शनमै उत्रिएको थियो । त्यसअघि सोमबार पनि सिंहदरबार पुगेको उक्त समूहले प्रधानमन्त्रीलाई भेट्न नपाएपछि गेटमै मागपत्र टाँसेर फर्किएको थियो ।
चुनावको विपक्षमा रहेको ‘मिराज टिम’ले अहिलेसम्म आफ्नो अडान छोडेको छैन । मिराज समूहले आफूहरूका मागहरू पूरा नभएसम्म चुनावमा जान नसकिने बताउँदै आएको छ । “यो सरकारको ‘म्यान्डेट’ चुनाव मात्रै होइन । हामी त्यो कुरा सरकारलाई बुझाउन चाहन्थ्यौँ । तर, हाम्रा माग र आवाजलाई सरकारले दबाउन खोज्यो । धरपकड गरेर अनामनगर भाटभटेनी पु¥यायो,“ उनले भने । प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीको एजेन्ड बोकेको मिराज समूहका मुख्य ९ वटा मागहरू छन् ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.