जेनजीहरू प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित

नेपाल दर्पण, काठमाण्डौं ।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजीहरू प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन् । ध्यानाकर्षण बुझाउन सोमवार सिंहदरबार पुगेका जेनजीले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन् । सरकार नातावाद र कृपावादमा लागेको उनीहरुको आरोप समेत छ ।

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेनजी पुस्ताका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताए । उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, नातावाद र कृपावाद अन्त्यका लागि गम्भीरताका साथ काम गरिरहेको समेत बताए । खनालले भने, ‘उहाँहरूका मागहरू सम्बोधन गर्न सरकार गम्भीर छ । सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नको लागि बनेको हो । उहाँहरूलाई उचित समयमा हामी प्रधानमन्त्रीलाई भेटाउँछौँ ।’

जेनजीले उठाएका माग जायज रहेकाले त्यसमा छलफल गर्ने उनले आश्वासन दिएका थिए । जेनजी युवा समूहहरूले भने प्रधानमन्त्रीले नै आफूहरूको कुरा सुन्नुपर्ने अडान राखेका थिए । आफूलाई भेट्न जेनजी युवाहरू मुख्य गेटमा पुगेपनि प्रधानमन्त्री कार्की भने मन्त्रिपरिषद् बैठक सकेर बाहिरिएकी थिइन् ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.