काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेका छन् । सिंहदरबारमा भएको छलफलमा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने माग राखेका छन् । उनीहरूले दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, ’प्रतिक्रान्ति’लाई नियन्त्रण गर्नुपर्ने विषय राखेका छन् ।
जवाफमा प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताएकी छन् । उनले जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्क रहन आग्रह गरिन् । उनले कतिपय विषयमा सरकारको संवैधानिक र कानुनी सीमा पनि ख्याल गरिदिन आग्रह गरेकी थिइन् । प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि सुझाव दिएकी छन् ।
उता, हामी नेपालका संस्थापक एवं जेन–जी अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको लाचारीपनको कारण बाराको सिमरामा घटना घटेको बताएका छन् । जिल्ला सुरक्षा समिति बारा र जेन–जी समूहबीच भएको वार्तामा सहभागी गुरुङले गृहमन्त्री अर्यालविरुद्ध असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन् । सरकार जेन–जीहरुको भए पनि गृह मन्त्रालय भने आफूहरुको नरहेको उनको टिप्पणी थियो । गृहले राम्रो काम नगरेकै कारण बाराको सिमरामा आजको दिन आएको उनले बताए । जेन–जीहरुको सरकार रहेकै बेला गृहको अकर्मण्यताले देशका लागि लडेका जेन–जीहरुले नै अन्याय सहनुपरेको उनले बताए । गत बुधबार सिमरामा जेन–जी समूह र एमालेका नेता तथा कार्यकर्ताबीच झडप भएको थियो ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.