कांग्रेस–राप्रपा संवैधानिक राजसंस्थाको पक्षमा

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रसका एक नेताले राजसंस्था पुनःस्थापनाका लागि बलिदान गर्न तयार रहेको बताएका छन् । मंगलवार काठमाडौँमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले यस्तो बताए हुन् । उनले आफू राजावादी नभए पनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन तयार रहेको बताए ।

भण्डारीले भने, ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसका लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन तयार छु । पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने नबुझेका होइन । मिडियाले पनि यस्तै गर्ने हो, मिडिया घेर्ने वेला आइरहेको छ ।’ हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको उनको आरोप छ । उनले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएकोमा आक्रोश व्यक्त गरे । उनले काँग्रेसभित्र पदप्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर जबराले संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन् । उनले मुलुकको विद्यमान सामाजिक तथा राजनीतिक समस्या हल गर्ने एकमात्र विकल्प संवैधानिक राजसंस्था भएको तर्क गरे । उनले विगतमा राजाले नै मुलुकलाई एकतामा बाँधेर अभिभावकीय भूमिका खेलेको भन्दै संवैधानिक राजसंस्थासँगै हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताए ।

महामन्त्री जबराले भने, ‘१९ वटा विकसित देशमध्ये आज पनि ११ वटा देशमा राजसंस्था छन् । हाम्रो यहाँ २१ औँ शताब्दीमा पनि राजाको कुरा गरे भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ । बेलायतका राजालाई अष्ट्रेलिया र क्यानडामा समेत मान्छन् । के त्यहाँका जनताले आफ्नै राष्ट्रपति राख्न सक्थेनन ? जापान जस्तो विकसित देशमा राजा राखेका छन् । हाम्रो देशमा अहिलेको लागि उचित भनेको संवैधानिक राजसंस्था नै हो ।’ उनले नेपाललाई हिन्दु राष्ट्र घोषणासँगै संवैधानिक राजसंस्था स्थापनाको एजेण्डामा अडिग रहन अलायन्सलाई आग्रह गरे ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.