नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रसका एक नेताले राजसंस्था पुनःस्थापनाका लागि बलिदान गर्न तयार रहेको बताएका छन् । मंगलवार काठमाडौँमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले यस्तो बताए हुन् । उनले आफू राजावादी नभए पनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन तयार रहेको बताए ।
भण्डारीले भने, ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसका लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन तयार छु । पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने नबुझेका होइन । मिडियाले पनि यस्तै गर्ने हो, मिडिया घेर्ने वेला आइरहेको छ ।’ हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको उनको आरोप छ । उनले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएकोमा आक्रोश व्यक्त गरे । उनले काँग्रेसभित्र पदप्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत बताए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर जबराले संवैधानिक राजसंस्था स्थापना नगरे नेपालको राष्ट्रिय अस्तित्व संकटमा पर्ने चेतावनी दिएका छन् । उनले मुलुकको विद्यमान सामाजिक तथा राजनीतिक समस्या हल गर्ने एकमात्र विकल्प संवैधानिक राजसंस्था भएको तर्क गरे । उनले विगतमा राजाले नै मुलुकलाई एकतामा बाँधेर अभिभावकीय भूमिका खेलेको भन्दै संवैधानिक राजसंस्थासँगै हिन्दुराष्ट्र कायम गर्नुपर्ने बताए ।
महामन्त्री जबराले भने, ‘१९ वटा विकसित देशमध्ये आज पनि ११ वटा देशमा राजसंस्था छन् । हाम्रो यहाँ २१ औँ शताब्दीमा पनि राजाको कुरा गरे भनेर नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ । बेलायतका राजालाई अष्ट्रेलिया र क्यानडामा समेत मान्छन् । के त्यहाँका जनताले आफ्नै राष्ट्रपति राख्न सक्थेनन ? जापान जस्तो विकसित देशमा राजा राखेका छन् । हाम्रो देशमा अहिलेको लागि उचित भनेको संवैधानिक राजसंस्था नै हो ।’ उनले नेपाललाई हिन्दु राष्ट्र घोषणासँगै संवैधानिक राजसंस्था स्थापनाको एजेण्डामा अडिग रहन अलायन्सलाई आग्रह गरे ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.