नेपाल दर्पण, काठमाडौं ।
हामी नेपालीका संयोजक तथा जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल अत्यन्तै कमजोर देखिएको बताएका छन । आज विहान काठमाडौंको लैनचौरमा नेपाल स्काउटको पसिरमा बनेका अस्थायी संरचना महानगरले भत्काएको थियो । सो क्रममा उनीपनि त्यहाँ उपस्थित् थिए । पत्रकारहरुसँगको कुराकानीमा उनले गृहमन्त्रीले नसक्ने हो भने कानून मन्त्रालयमा पठाउन सकिने धारणा राखेका हुन् । उनले अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन् ।
उनले आफ्ना मागहरू पूरा नभइकन निर्वाचनमा नजाने उद्घोष गर्दै शहीद, घाइतेका मागहरू पूरा हुनुपर्ने बताए । सरकारले निर्वाचनलाई गन्तव्य बनाएर हिँडिरहेको भन्दै जेनजी आन्दोलनले न्याय पाउनुपर्ने माग गरे । उनले भने, ‘हामी चुनावमा जाँदैनौं । हामी यो ०८४ को चुनाव ०८२ मा सार्नलाई लडेको पनि होइन । यति धेरै मान्छे घाइते, शहीद भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याले धोका दिनुभयो । अहिले आएर चुनावमा जान्छौँ, यसको टार्गेट चुनाव मात्रै हो भन्नुहुन्छ, घाइतेको सम्बोधन गर्नुपर्नेछ । न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौँ । हाम्रा प्रतिवद्धता पूरा हुन् । हामीले न्याय पाएका छैनौँ । उहाँले न्याय दिने आशा छैन ।’ उनले नेपाल सरकारको मात्रै हो भन्ने गलत भाष्य निर्माण गरिएको भन्दै आपत्ति जनाए । हरेक नेपालीहरू देश बनाउन आउनुपर्ने बताए ।
उनले जाँचबुझ आयोगले रास्वपाका सभापति रवि लामिछानेलाई ८ घण्टा बयान लिएकोमा अब तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले १२ घण्टा थपेर बयान लिनुपर्ने सुझाव दिए । उनले भने,‘गृहमन्त्री कमजोर देखिनुभयो । रवि लामिछानेलाई जसरी ८ घण्टा प्रश्न सोधियो । अब केपी ओलीलाई अर्को १२ घण्टा थप्नुपर्यो ।’ उनले अहिलेको सरकार जनताले बनाएको सरकार दाबी गरे । उनले भने,‘जनताले बनाएको सरकार हो । सबै मन्त्रालयले एकदम राम्रो काम भएको छ । गृह मन्त्रालय कमजोर । जेन–जीको लागि सबसे महत्वपूर्ण गृह मन्त्रालय हो, आन्दोलनको मर्म बुझ्ने मन्त्रालय गृह हो । तर, काम स्लो भइरहेको छ । कसैलाई मन्त्री बनाउन लडेको होईन । सक्षम व्यक्ति राखेर काम होस भनेर । गृहमन्त्रालय अलिक कमजोर नै देखिएको छ ।’
आफूले यसअघिपनि गृहमन्त्रीको राजीनामा मागिसकेकोले अझै काम गरे स्वागत गर्ने उनको भनाई छ । उनले भने,‘काम गरे मलगायत सबै जना फूलमाला, धन्यवाद दिन्छौं । मिठाई खुवाउँछौं । जनताको मन जित्नुपर्यो । काम नगर्दा आवाज उठाउने नै भयौं । काम गर्न सक्नुहुन्छ भने काम गर्नुहोस । नसक्ने हो भने बरु उहाँलाई कानून मन्त्रालयमा राम्रो हुनुहुहन्छ । ड्यासिङ गृहमन्त्री खोजेर ल्याईदिनुपर्यो । सक्छु भन्ने मान्छे ल्याउनुपर्छ ।’ उनले गृहमन्त्रीले अब काम पनि नगर्ने अनि राजीनामा पनि नदिने हो भने आफूहरुले विकल्प खोज्ने चेतावनी दिए ।
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.