बालेन र सबै दलहरुलाई ठेगान लगाउने दुर्गा प्रसाईंको चेतावनी

नेपाल दर्पण, काठमाडौं ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार (कात्तिक २३) बिहान मनोहरा सुकुम्वासी बस्तीमा पुगेका छन् । त्यहाँ भेला भएका स्थानीयलाई उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान समेत गरे ।

उनले युवा तथा खेलकुद बब्लु गुप्ताले भिक्टर पौडेललाई २ करोड बुझाएर मन्त्री बनेको आरोप लगाएका छन् । पौडेल तिनै हुन जसले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी रुटिन अफ नेपाल बन्द नामक सामाजिक सञ्जालका सञ्चालक हुन् । पौडेल मेयर साह निकट मानिन्छन् ।

प्रसाईंले सुकुम्बासी बस्ती आफूले भत्काउन नदिने आश्वासन दिए । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गरिब र सर्वहारा वर्गको उठिबास लगाएको पनि बताए । उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सबै दल र बालेनलाई आफूले ठेगान लगाउने उनको चेतावनी थियो । सुकुम्वासी बस्ती खाली गर्न महानगरले दिएको एक साताको ‘अल्टिमेटम’ आज सकिँदै छ । अल्टिमेटम सकिएसँगै बस्ती खाली गराउने महानगरको योजना छ ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.