नेपाल दर्पण, काठमाडौं ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ । उपचारका क्रममा उनको गएराति २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गम्भीर स्वास्थ्य समस्याबाट पीडित ६० वर्षीय आलमलाई विगत केही दिनयता भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि केही दिनअघि भारतको दिल्लीस्थित एम्स अस्पतालमा लगिएको थियो । तर चिकित्सकले घरमै राखेर उपचार गर्न सुझाव दिएपछि उनलाई पुनः नेपाल ल्याइएको थियो ।
२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि उनी कारागार चलान भए । यो मुद्दामा उनी करिब ६ वर्षसम्म जेलमा रहे । उच्च अदालतले गत जेठमा उहाँलाई रिहा गरेको भए पनि उक्त मुद्दाको अन्तिम निर्णय भने अझै भएको छैन ।कारागारमा रहँदा उनको स्वास्थ्य अवस्था लगातार बिग्रिँदै गएको थियो । मृगौला, मस्तिष्क र पाचनसम्बन्धी समस्या देखिएपछि पटकपटक विभिन्न अस्पतालमा उपचार गरिएको थियो ।
रौतहटको मुस्लिम समुदायबाट उदाएका आलम नेपाली काँग्रेसभित्र मधेश र मुस्लिम समाजको प्रभावशाली नेतृत्वको रूपमा स्थापित नेता थिए । उनी २०५६ र २०६४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विश्वास जितेसँगै उनले केही समय श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाए । राजनीतिमा संगठन विस्तार र कार्यकर्ता परिचालनमा माहिर मानिने आलमले रौतहटमा कांग्रेसको आधार मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए ।
नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…
नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…
नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…
नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…
नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…
नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…
This website uses cookies.