नेपाल दर्पण, काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियारसहित एक जना पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ दुर्गौलीका २१ वर्षीय मनोज ढुंगाना छन् । यस्तै, जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा भक्तपुरबाट ४ जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३३ वर्षीय किरण दुवाल, कपिलवस्तु घर भई भक्तपुरको सानोठिमी बस्ने २३ वर्षीय सागर मगर, रामेछापको खाँडादेवी गाउँपालिका–६ घर भई हाल भक्तपुरको मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र रौतहटको दुर्गा भगवती गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्ने २४ वर्षीय सञ्जितकुमार ठाकुर रहेका छन् ।
भक्तपुर मध्यपुर थिमि नगरपलिका–५ राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र वडा नम्बर २ मा रहेको प्रहरी प्रभाग सानोथिमि तोडफोड तथा आगजनी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.