जेनजी आन्दोलनमा हतियार लुट्ने र तोडफोड तथा आगजनी गर्ने पक्राउ

नेपाल दर्पण, काठमाडौं ।

जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियारसहित एक जना पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१ दुर्गौलीका २१ वर्षीय मनोज ढुंगाना छन् । यस्तै, जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा भक्तपुरबाट ४ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३३ वर्षीय किरण दुवाल, कपिलवस्तु घर भई भक्तपुरको सानोठिमी बस्ने २३ वर्षीय सागर मगर, रामेछापको खाँडादेवी गाउँपालिका–६ घर भई हाल भक्तपुरको मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र रौतहटको दुर्गा भगवती गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्ने २४ वर्षीय सञ्जितकुमार ठाकुर रहेका छन् ।

भक्तपुर मध्यपुर थिमि नगरपलिका–५ राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र वडा नम्बर २ मा रहेको प्रहरी प्रभाग सानोथिमि तोडफोड तथा आगजनी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको भक्तपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.