रविसँग लिइयो ६ घण्टाभन्दा लामो बयान, पत्रकारलाई भने–बोल्ने समय आउँदैछ

नेपाल दर्पण, काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेसँगको जेनजी आन्दोलनको छानबिनका लागि बनेको आयोगले बुधबार बयान लिएको छ । लामिछाने रहेको नक्खु कारागारमा नक्कली कागजात बनाएर बाहिरिएको आरोप उनीमाथि लागेको थियो । बयानको लागि लामिछानेलाई आज अपरान्ह सिंहदरबार ल्याईएको थियो । उनीसँग ६ घण्टाभन्दा लामो बयान लिईएको हो । बयान सकिएलगत्तै उनलाई नख्खु कारागार पठाईएको छ ।

भदौ २३ गतेको जेनजी आन्दोलनको भोलिपल्ट २४ भदौमा रवि लामिछाने नख्खु कारागारबाट निस्किएका थिए । रास्वपाका केही सांसदको सक्रियतामा भदौ २४ गते लामिछानेलाई जेलबाट नक्कली कागजात बनाएर बाहिर निकालिएको आरोप छ । लामिछानेले कारागारबाट निस्किँदै गर्दा पत्र प्राप्त भएको बताएका थिए । तर, त्यो पत्र नै नक्कली भएको र आवश्यक प्रक्रिया नपुगेको बताईन्छ । आयोगले आजमात्रै नेपाल प्रहरीका आईजिपी चन्द्रकुबेर खापुङसँग पनि बयान लिएको छ ।

सोही विषयमा लामिछानेसँग आयोगले बयान लिएको हो । बुधबार अपराह्न सिंहदरबारस्थित कार्यालय लगिएका लामिछानेलाई राति फेरि नक्खु पु¥याइएको थियो । सिंहदरबारबाट बयान सकेर नक्खु लैजान लागेका लामिछानेलाई सोधिएको प्रश्नमा उनले भने– बोल्ने समय आउँदैछ ।”

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

12 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.