जनार्दन शर्मा र राम कार्कीले गरे माओवादी पार्टीलाई बाईबाई

नेपाल दर्पण, काठमाडौं ।

माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्की माओवादीबाट अलग भएका छन । प्रचण्डले माधव नेपालको र अरु पार्टीसँग एकता गर्ने भएपछि उनीहरुले अलग हुने निर्णय गरेका हुन । ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गरेका छन् । प्रगतिशील अभियानले नेपालमा दशकौँदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्तिहरू एकजुट गराउने विश्वास व्यक्त गरिएको छ ।

उनले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड बताउँदै भने, ‘क्रान्तिको मर्म र सहिदहरूको बलिदानलाई व्यर्थ जान नदिई समाजवादी राजनीति र जनताको सर्वोच्चतामा आधारित नयाँ दिशा तय गर्नुपर्छ ।’ त्यसैगरी, माओवादी केन्द्रका पूर्वसचिव राम कार्कीले नेपाली कम्युनिष्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर बनाएको बताए । उनले भने, ‘नेपालको वाम आन्दोलनले जनताको अपार विश्वास पाएको थियो, तर नेताहरूले जनताप्रति जवाफदेही बन्न नसक्दा त्यो ऊर्जा निराशामा परिणत भयो । अब वैचारिक शुद्धता, आत्मसमीक्षा र सङ्गठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन खडा गर्नैपर्छ ।’

कार्कीले आफूहरूले ’नालायक नेतृत्व’लाई प्रतिस्थापन गर्न नसकेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूको पिँढीले ‘नालायक नेतृत्व’लाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरेका हुन् । उनले हाल नेपालको कम्युनिस्ट आन्दोलन विघटन हुन पुगेको पनि बताए । केही नेताहरूका लागि पार्टी भए पनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टी विघटित भइसकेको उनले बताए । उनले जेनजी युवाहरूको भावनाविपरीत भ्रष्टाचारका मुद्दा लागेका नेताहरू टाउकोमा कल्की झुन्ड्याएर ठूलो पदमा पुगेको बताउँदै एकताको स्वाङ गरिरहेको आरोप लगाए ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.