बालेनले आपत्तिजनक स्टाटस लेखेर हटाए, ‘सर्को तानेका बेला’ भनी पुनको व्याख्या

नेपाल दर्पण, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राजनीतिक दल, अमेरिकी र छिमेकी मुलुकलाई लक्षित गर्दै आपत्तिजनक र अशोभनीय स्टाटस लेखेर पछि हटाएका छन । उनले भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै विषयमा आपत्तिजनक स्टाटस लेखेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘भाडमा जाउ, तिमीहरूले केही पनि गर्न सक्दैनौं’ भन्ने आश्यको विवादित स्टाटस लेखेका छन् । मेयर बालेनले शनिबार मध्यरातमा लेखेको उक्त स्टाटस अहिले डिलिट गरेका छन् । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका थिए । छिमेकी देश र प्रमुख राजनीतिक दलका विषयमा आपत्तिजनक स्टाटस लेखपछि उनको चौतर्फी आलोचना भएको थियो । उनले कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र भारत, अमेरिका र चीनको नाम लिएरै विवादस्पद् अभिव्यक्ति दिएका थिए । अहिले सामाजिक सञ्जालमा शाहको उक्त स्टाटसको स्कृनसर्टप्रति चर्को बहस भइरहेको छ ।

यता, शाहले गएराति लेखेको अश्लिल स्टाटसप्रति शिक्षामन्त्री महावीर पुनले ‘सर्को तानेका बेला’ भनी व्याख्या गरेका छन् । तर उनले बालेनको नाम भने उल्लेख गरेका छैनन् । पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन–केही केही आशालाग्दा अभियन्ताहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नलेख्न न नबोल्न अनुरोध छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *