पुराना दल बिरुद्ध चुनावमा जान रवि लामिछानेलाई निकाल्नुपर्छः बाबुराम

नेपाल दर्पण, काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रवि लामिछानेलाई बाहिर निकालेर उनको नेतृत्वमा सबै शक्ति मिलेर पुरानाका बिरुद्ध चुनावमा जानुपर्ने बताएका छन । उनले लामिछानेलाई बाहिर बसेर नै मुद्दा लड्ने वातावरण बनाउन सके राम्रो हुने धारणा राखेका छन् । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको पहलमा सुरु गरिएको वृहत राजनीतिक सम्वादमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

रविलाई अन्याय भयो भनेर रास्वपाको मुख्यालयमा पुगेर हस्ताक्षर गरेका र पटक पटक भैरहवामा लामिछानेलाई राखिएको जेलमा पुगेर भेट गरेका भट्टराईले अहिलेपनि लामिछानेलाई बाहिर बसेर मुद्दा लड्ने वातावरण बनाउनुपर्ने धारणा राखेका हुन् । उनले भने,‘उहाँ अहिले भित्र हुनुहुन्छ, उहाँमाथि भेदभावपूर्ण व्यवहार भयो कि भनेर मैले पनि हस्ताक्षर गरेको हुँ । त्यसको अर्थ मैले क्लीन चिट दिने कुरा होइन, अदालतले दिने हो । सफाइ दिनको लागि बाहिर आएर खेप्दा न्यायपूर्ण हुन्थ्यो । उहाँलाई कुनै ढंगले बाहिर नै रहेर मुद्दा फेस गर्ने वातावरण बनाउन सके राम्रो हुन्थ्यो । उहाँको नेतृत्वको हामीलाई आवश्यकता छ ।’

उनले कांग्रेस र कम्युनिस्टहरूलाई आगामी चुनावमा हटाउन नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए ।

Chief Editor

Recent Posts

राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न उर्लियो जनलहर

नेपाल दर्पण, काठमाडौं । राजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्नका लागि जनलहर सडमा उर्लिएको छ…

10 hours ago

रवि बालेन एकसाथ धनगढीमा उपस्थित हुने,जेनजीको सपनालाई खेर जान नदिने

नेपाल दर्पण, काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह एकसाथ चुनावी…

2 days ago

नेपाली कम्युनिष्ट पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

नेपाल दर्पण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज (मंगलबार)…

3 days ago

एउटा बोलेको बोल्यै गर्ने र अर्को बोल्दै नबोल्ने प्रधानमन्त्री हुन लायक छैनन:विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली र…

4 days ago

छानबिन आयोगको म्याद फेरि २५ दिन थपियो, निर्वाचनअघि सत्यतथ्य बाहिर नआउने

नेपाल दर्पण, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद…

4 days ago

आजको खेल हारेपनि हामी जुनसुकै टोलीलाई पनि हराउन सक्छौंः कप्तान रोहित पौडेल

नेपाल दर्पण, मुम्बई । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित…

5 days ago

This website uses cookies.