पहिलो पटक जेनजीहरु, सरकार र राजनीतिक दलबीच छलफल

नेपाल दर्पण, काठमाडौं ।

जेनजी आन्दोलनपछि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीहरूबीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठकमा जेनजीका तर्फबाट १३ प्रतिनिधि सहभागी छन् । बैठकमा दोस्रो तका नेताहरू सहभागी भएका छन् । बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन् ।

राजनीतिक दलबाट नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन् । यस्तै, जेनजीको तर्फबाट १३ जना सहभागी भएका छन् । छलफलमा सहभागी हुने जेनजी प्रतिनिधिको सूचीमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक ढकाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर छन् ।

प्रतिनिधिसभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल जारी राखेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता थालेको हो । यसअघि, प्रधानमन्त्री कार्कीले भने राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन् । आगामी फागुन २१ गतेको निर्वाचनका लागि सरकारले छलफललाई तीव्र पार्ने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *