प्रधानमन्त्री कार्कीको विरुद्ध बोलेको भन्दै साइबर व्यूरोले स्वागत नेपालसँग लियो बयान

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोले अधिवक्ता स्वागत नेपालसँग बयान लिएको छ । अधिवक्ता नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्युरोले कार्यालयमा बोलाएर ६ घण्टा लामो बयान लिएको हो ।

नेपालविरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि तिहार अघि अर्थात कात्तिक ४ गते नै उनलाई सोधपुछका लागि फोन गरेर बोलाइएको थियो । उनले प्रहरीलाई तिहारपछि आउँछु भनेका थिए । सोहीअनुसार आइतबार उनी ब्युरो पुगेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

‘आइतबार नेपालसँग करिब ६ घन्टा लामो बयान भएको छ,’ एसपी अवस्थीले भने, ’सोमबार सार्वजनिक बिदा परेपछि मंगलबार पुनः बोलाइएको छ ।’ अधिवक्ता नेपाललाई व्यूरोले केही दिनअघि बयानका लागि भोटाहिटीस्थित कार्यालयमा बोलाएको थियो । साइबर व्यूरोको कार्यालयमा आइतबार पुगेका अधिवक्ता नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको थियो । अधिवक्ता नेपालसँग भोलि पनि बयान हुने बताइएको छ । तर, अधिवक्ता नेपाललाई भने कसले उजुरी गरेर र कुन कसुरमा आफूलाई बयानको लागि बोलाइएको हो त्योसमेत नखुलाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *