बालेन लगायतको टिम अहिलेका रावण हुन र देशको ठूलो अपराधी: दुर्गा प्रसाई



नेपाल दर्पण, काठमाडौं ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सत्ता कब्जा गर्ने रणनीति रहेको बताएका छन् । एउटा कार्यक्रममा सोही ग्राण्डडिजाइन अन्तर्गत प्रधानमन्त्री सुशीला कार्कीको छ महिने कार्यकालपछि ५ वर्ष नेतृत्वमा आउने तयारी गरेको बताएका छन । उनले बालेनहरुले देशभरीबाट उठ्ने १ सय ६५ जना उम्मेदवार पनि तयार गरिसकेको बताए ।
‘अहिलेलाई प्रधानमन्त्री सुशीला कार्की, छ महिना पछाडि चुनाव गराइसकेपछि ५ वर्षलाई बालेन भनेको सत्ता कब्जा गर्ने । १६५ जना यिनीहरुले तयारी गरेका थिए देशभरी,’– उनले भने । प्रसाईँले अहिलेकी प्रधानमन्त्री कार्कीदेखि क्याविनेटमा रहेका मन्त्रीहरु अमेरिकाबाट परिचालित रहेको आरोप पनि लगाए । उनले बालेन, अहिलेको क्याबिनेटमा भएका प्रधानमन्त्री सुशीला कार्कीसहित यिनीहरु पश्चिमबाट, अमेरिकाबाट परिचालित छन् ।
उनले बालेनलाई कारबाही गर्ने मान्छे समयले जन्माउने बताए । उनले यो सरकारको आयु अबको दुई महिना पनि नरहेको दाबी गरे । प्रसाईँले काठमाडौं महानगरका मेयर बालेन, भिक्टर पौडेललगायतलाई यो युगको रावणको संज्ञा दिए । जेन–जी आन्दोलनका ग्राण्डडिजाइनर बालेन, भिक्टर, आस्था राउत, सुमना श्रेष्ठ, रक्षा बमलगायत रहेको र सबैभन्दा खतरनाक भने बालेन नै रहेको पनि उनले बताए । बालेन, भिक्टरलगायतको टिम यो देश सिध्याउने, देशको सबैभन्दा ठूलो अपराधी रहेको उनको आरोप छ । उनीहरु नेपालीहरुको नजरमा अपराधी रहेको पनि प्रसाईँले बताए ।

