नेपाल दर्पण, काठमाडौं ।
जापानको संसदले मंगलबार कट्टर रूढिवादी सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ । राजनीति र कार्यस्थलमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको जापानजस्तो पितृसत्तात्मक देशका लागि यो एक ऐतिहासिक क्षण हो । संसद्मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् । तल्लो सदनका सांसदले ताकाइचीलाई जापानको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्दा उनले २३७ मत प्राप्त गरिन् । यो संख्या सामान्य बहुमतका निम्ति आवश्यकभन्दा बढी हो ।
बेलायती दिवंगत पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरकी प्रशंसक ६४ वर्षीया यी रूढिवादी नेत्रीलाई जापानको ‘आइरन लेडी’ भनेर चिनिन्छ । प्रधानमन्त्री बन्ने उनको यो तेस्रो प्रयास हो । ‘स्क्यान्डल’ले ग्रस्त उनको पार्टी एलडीपीले पछिल्लो पाँच वर्षमा चार प्रधानमन्त्री देखिसकेको छ । उनी एलडीपीको कट्टरपन्थी खेमासँग निकट छिन् । दिवंगत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक चेलीका रूपमा उनी परिचित छिन् । उनीसामु सुस्त अर्थतन्त्रको सामना गर्ने, अमेरिका–जापान सम्बन्धलाई स्थिर राख्ने र स्क्यान्डल तथा आन्तरिक द्वन्द्वले हल्लिएको सत्तारूढ दललाई एकजुट बनाउनेजस्ता धेरै चुनौती छन् ।
यता, फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी मंगलबारदेखि पाँच वर्षको जेल सजाय भोग्नका लागि पेरिसको ला सान्ते जेलमा प्रवेश गर्ने भएका छन् । सन् २००७ को आफ्नो चुनाव अभियानका क्रममा लिबियाबाट प्राप्त रकमले चुनाव लडेको षड्यन्त्रमा सार्कोजी आपराधिक दोषी ठहरिएका हुन् । त्यसका बाबजुद, उनले १९ औँ शताब्दीदेखि कैयौँ उच्च–प्रोफाइल कैदीहरूलाई राखिएको उक्त जेलमा आफ्नो समय बिताउने बताइएको छ । सार्कोजीले फिगारो पत्रिकालाई बताएका अनुसार, सुरक्षा कारणले उनलाई अन्य कैदीहरूबाट टाढा रहने एकान्त कारावासमा राखिने अपेक्षा गरिएको छ । सार्कोजीले भने, “म जेलदेखि डराउँदिनँ । म ला सान्तेको ढोकाअगाडि पनि शिर उच्च राख्नेछु । म अन्तिमसम्म लड्नेछु ।”
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.