नेपाल दर्पण, काठमाडौं ।
इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । उनको शव बोकेको विमान सोमबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । फ्लाइ दुबईको विमानबाट विपिनको शव आज नेपाल ल्याइएको थियो ।
हमासले विपिनलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो । उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत उच्च पदस्थहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । विपिनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.