नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रिट दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् । १० वटा रिट पेस भएकामा ९ वटामात्रै दर्ता भएका हुन् । रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनलाई चुनौति दिँदै अभियन्ता युवराज सफल पौडेलसहित १० जनाले सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । चार वटा मुद्दाहरु भने भदौं २३ र २४ गतेको आन्दोलनको सन्दर्भमा मौलिक हक हनन भएको भन्दै परेका छन् । जेन–जी आन्दोलनको सन्दर्भमा मौलिक हक हनन भएको भन्दै ४ र प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध १० गरी कूल १४ वटा रिट दर्ता भएको हो ।लउक्त रिटको पेशी आगामी कात्तिक १२ गतेका लागि तोकिएको छ ।
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगित गरिएको थियो । मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन पेस भएका हुन् ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.