देउवा भए सार्वजनिक, अधुरै रर्यो फेरि प्रधानमन्त्री बन्ने सपना, नेतृत्वबाट बिदा

नेपाल दर्पण, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक आज सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर उनी पहिलोपटक सार्वजनिक भएका हुन् । उनीसँगै देउवा पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणा देउवा पनि बैठकमा सहभागी हुन सानेपा पुगेकी थिइन् ।

२४ भदौको जेनजी प्रदर्शनको क्रममा देउवाको घरमा आगजनी गर्नुका साथै देउवा दम्पतीमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका उनीहरू त्यसयता स्वास्थ्यलाभ गरिरहेका थिए । उपचारका लागि विदेश जाने तयारीमा रहेका देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।

कार्यक्रममा बोल्दै उनले ‘सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको र घरमा तोडफोड, लुटपाट र आगजनी गरियो । आफू र आफ्नो परिावारले भोगेको त्रासदीपूर्ण आक्रमण सबैले देखेको पनि उनले बताए । ‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईँहरू जानकार नै हुनुहुन्छ । त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो,’ देउवाले भने । घटनालाई सामान्य रूपमा आफू र आफ्नो परिवारमाथि भएको ठानिए पनि यो राजनीतिक दलका अनगिन्ती सदस्यमाथिको आक्रमण रहेको देउवाले टिप्पणी गर्दै उनले भने, ‘समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।’

उनले बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट आफूलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यबाद ज्ञापन गरे । उनले भने, ‘साथै जीवनभर स्मरण गरिरहनेछु ।’ बैठकमा उनले जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्ने बताए । ’उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ । यस विषयमा पनि बैठकमा छलफल हुनेछ,’ उनले भने । सभापति देउवाले नेपाली जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रूपमा नेपाली कांग्रेस रहँदै आएको बताए ।

जेन–जी आन्दोलनले राजनीतिमा उथलपुथल गराएसँगै देउवा आफ्नो उत्तराधिकारी खडा गर्न नपाउँदै पार्टी नेतृत्वबाट बिदा हुनुप¥यो । यदि, जेन–जी आन्दोलनले यो परिस्थिति निर्माण नगरेको भए एमाले–कांग्रेस समीकरणको सहमति अनुसार २०८३ असारमा आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गराउने दाउमा थिए उनी । जेन–जी आन्दोलनपछि देउवाले १५ औं महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गर्ने सुरक्षित बाटोसमेत लिने प्रयास गरेका थिए । तर, पार्टीभित्र तत्काल नेतृत्वबाट हट्न उनीमाथि चर्को दबाब प¥यो । कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले भदौ २३ र २४ अगाडिको स्थिति र त्यसपछिको स्थिति एउटै नभएको भन्दै सार्वजनिक रुपमै नेतृत्वबाट अलग हुन आह्वान गरेका थिए । विशेष महाधिवेशनका लागि ५२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसमेत गराए । आम कार्यकर्ताको भावना पनि देउवाले तत्काल बहिगर्मनको बाटो रोज्नुपर्नेमा देखियो । यी सबै दबाबका कारण देउवा आजको स्थितिमा आइपुगेका हुन् ।

Chief Editor

Recent Posts

आफु पक्राउ पर्ने डरले कार्यकर्ता भड्काउदै ओली, सरकार ढाल्ने देश ठप्प पार्ने चेतावनी

नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…

1 day ago

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, नख्खु कारागारबाहिर समर्थकको भिड

नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…

1 day ago

ओली र लेखकलाई बयानका लागि बोलाउने तयारी, नआए प्रहरी पठाइने

नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…

2 days ago

एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता, ओलीको साथ छाड्दै शिर्ष नेता

नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…

4 days ago

कोशीमा कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाका लागि चुनौती बन्दै मेयर हर्क साम्पाङ

नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…

6 days ago

एमालेको ११ औं महाधिवेशन आजबाट शुरु, पदाधिकारी बन्न ५० बढी आकांक्षी

नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…

7 days ago

This website uses cookies.