नेपाल दर्पण, काठमाडौं ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले फिर्ता गरिदिएको छ । जेन–जी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारले ओली र लेखकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । प्रहरी परिसर काठमाडौंले उक्त जाहेरी गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएको थियो ।
आयोगले उक्त जाहेरी कार्यक्षेत्र भित्र नपर्ने भन्दै फिर्ता पठाएको हो । आयोगका प्रवक्ता विज्ञान राज शर्माले उक्त जाहेरी आयोगको कार्यक्षेत्रभित्र नपर्ने बताएका छन् । तर, फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य आफ्नो कार्यक्षेत्रभित्र नपरेको आयोगले बताएको छ ।
‘भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुका कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझाव सहितको प्रतिवेदन पेस गर्ने, भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेश यस आयोगले पाएको छ,’ आयोगका प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल दर्पण, काठमाडौं । जेन्जी आन्दोलपछि बनेको सरकारले आफुलाई पक्रन सक्ने स्थिती देखेपछि नेकपा (एमाले)…
नेपाल दर्पण, बुटवल । सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई…
नेपाल दर्पण, काठमाडौं । जेन–जी आन्दोलन जाँझबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,…
नेपाल दर्पण, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले…
नेपाल दर्पण, खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिक्तेलमा शनिबार आयोजित एक सभालाई…
नेपाल दर्पण, काठमाण्डौ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशनको…
This website uses cookies.