महेश बस्नेतलाई गिरफ्तार हुने डर, मृतक परिवारले दिए ओली–लेखक विरूद्ध जाहेरी

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले आफूलाई गिरफ्तार गर्न खोजेको दाबी गरेका छन् । उनले आफू राष्ट्रवादी र जनवादी नेता भएको कारण वर्तमान सरकारले पहिलो निशाना बनाएको बताएका छन् । वर्तमान सरकारले आफूले देश र जनताको हितमा बोलेको देखेर बोली बन्द गर्न चाहेको पनि उनको भनाई छ ।

बस्नेतले फेशबुकमा लेखेका छन–
वर्तमान सरकारले राष्ट्रवादी जनवादी नेता महेश बस्नेतलाई राम्ररी नै चिनेको छ। यही कारणले उनीहरू मलाई पहिलो निशाना बनाएर गिरफ्तार गर्न खोजिरहेका छन्न्, मैले राष्ट्रियता र जनहितको बारेमा बोलेका बोली बन्द गर्न चहान्छ । ६ महिना अगाडि मैले सामाजिक सञ्जालमा लेखेको एक अमूर्त स्टाटसलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै, लाजपचेकि एक महिलालाई अघि सारेर जेन्जीका उरणठ्यौला केटाहरू र उनीहरुका बिदेशी दलाल गुरुहरुको प्लानिङमा मेरो विरुद्ध पक्राउ पुर्जीको मागसहित प्रहरी काठमाडौं जिल्ला अदालत गएको रहेछ ।
जुन प्रमाण नपुग्ने भनी यस अगाडि नै साइबर प्रहरीबाट तामेलीमा राख्ने प्रक्रियामा गैसकेको थियो । काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ । जुन निर्णयले प्रमाणित गरेको छ कि न्याय मरेको छैन । अदालतप्रति हार्दिक सम्मान र आभार व्यक्त गर्दछु ।

यता, जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी लिएर जाँचबुझ आयोगमा पठाएको छ । मंगलबार दिउँसो चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएको परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईले जानकारी दिए । मृतकका परिवारहरू सोमबार नै जाहेरी लिएर पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन । जाहेरी नलिएपछि मृतकका परिवार अबेर रातिसम्मै परिसरमा बसेका थिए ।

Chief Editor

Recent Posts

‘जेनजी’ प्रदर्शनपछि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता

नेपाल दर्पण, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता…

10 hours ago

देउवा भए सार्वजनिक, अधुरै रर्यो फेरि प्रधानमन्त्री बन्ने सपना, नेतृत्वबाट बिदा

नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक आज सार्वजनिक भएका…

1 day ago

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी

नेपाल दर्पण, काठमाडौं । राष्ट्रपति पौडेलले प्रमुख दलहरूबीचको समसामयिक राजनीतिक परामर्शका लागि सर्वदलीय छलफल बोलाएका…

5 days ago

ओली र लेखक विरुद्धको जाहेरी जाँचबुझ आयोगले गर्यो फिर्ता

नेपाल दर्पण, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी…

6 days ago

गृहमन्त्रीलाई ओलीको चेतावनी, ओलीलाई पक्रे देशभरी आगो बल्छःबस्नेत

नेपाल दर्पण, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्रीलाई राजनीति बुझेर चल्न…

7 days ago

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने

नेपाल दर्पण, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सकुन्जेल पार्टी नेतृत्व…

1 week ago

This website uses cookies.