८ नदीले गरे खतराको तह पार, कोशीका ५६ वटा ढोका खोलिए

नेपाल दर्पण, काठमाडौं ।

अविरल वर्षाका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रमा बाढीले खतराको तह पार गरेका हुन् ।

यसैगरी कोशी मधेश प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालामा बहाव सतर्कता तह नजिक रहेको बाढी जल तथा मौसम विज्ञान विभागपूर्वानुमान शाखाले जनाएको छ । ती नदीमा आइतबार बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छभने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ।

यस्तै, सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सबै ५६ वटा ढोका खोलिएको छ । कोशी नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ । सप्तकोशीको पुलमा हलुका सवारी साधनलाई आउजाउ गर्न दिइएको छ । ठूला र हेभी गाडी रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेले जानकारी दिएका छन । इन्जिनियर र प्राविधिकहरुसँग छलफल गरेर मात्रै पूर्ण आवागमन रोक्ने विषयमा निर्णय हुने उनले बताए । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा हुँदा कोसीमा बाढी बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *