टी–२० विश्वकप २०२६ का लागि टोली छनोट, लामिछाने इन, आलम आउट

नेपाल दर्पण, काठमाडौं ।

आईसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।

यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । क्यानका अनुसार साहब आलम ट्राभलिङ रिजर्भ अर्थात् वैकल्पिक खेलाडीका रूपमा रहनेछन् । नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी रहेका छन ।

टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि, उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए । क्यानले उनलाई कारबाहीस्वरूप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो । टी–२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *